निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र ९, २०७५
|
|
३३ पटक हेरिएको
Shares
निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय

सारांश

  • भीमदत्तनगर, ९ भदाै ।
  •  १३ वर्षिया किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई छानविन र कारबाहीको माग गर्दै भएको विरोध प्रदर्शनमामा एकजनाको मृत्यु, दर्जनौं घाइते र स्थिति तनावग्रस्त भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षिय बैठकले चारवटा निर्णय गरेको छ ।
  • कञ्चनपुर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी, प्रर्दशनकारी र सरकारी अधिकारी सहित उच्चस्तरीय छानबिन समितिको बैठकले निर्मला पन्त हत्याकाण्डमा प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणा, उचित क्षतिपूर्ती, घाइतेहरुको निशुल्क उपचार, आन्दोलनमा दमन र तोडफोड छानविन गर्न समिति गठन सरकारलाई आग्रह गर्ने र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिलाई सहयोग गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने लगायतका निर्णय गरेको छ ।

भीमदत्तनगर, ९ भदाै । १३ वर्षिया किशोरी निर्मला पन्तका बलात्कारी र हत्यारालाई छानविन र कारबाहीको माग गर्दै भएको विरोध प्रदर्शनमामा एकजनाको मृत्यु, दर्जनौं घाइते र स्थिति तनावग्रस्त भएपछि शनिबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको सर्वपक्षिय बैठकले चारवटा निर्णय गरेको छ ।

कञ्चनपुर जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, महिला अधिकारकर्मी, प्रर्दशनकारी र सरकारी अधिकारी सहित उच्चस्तरीय छानबिन समितिको बैठकले निर्मला पन्त हत्याकाण्डमा प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणा, उचित क्षतिपूर्ती, घाइतेहरुको निशुल्क उपचार, आन्दोलनमा दमन र तोडफोड छानविन गर्न समिति गठन सरकारलाई आग्रह गर्ने र हत्याबारे छानविन गर्न गठित उच्चस्तरीय समितिलाई सहयोग गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने लगायतका निर्णय गरेको छ ।

सर्वदलीय बैठकले बलात्कार र हत्यापछि वास्तविक अपराधीलार्इ पक्राउ गर्न र घटनाबारे उचित छानविनको माग गर्दै भएका प्रर्दशनका क्रममा शुक्रबार प्रहरीको गोली लागेर मृत्यु भएका शनी खुनालाई शहीद घोषणार उचित क्षतिपूर्तिका लागि स्थानीय, प्रदेश र संघीय तीनवटा सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।

त्यस्तै उक्त बैठकले आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क उपचार र शारीरिक रुपमा अशक्त भएमा उनीहरुको जीवन निर्वाहमा अप्ठ्यारो नपर्ने गरी व्यवस्था गर्न सरकारलाई अनुरोध गर्ने दोस्रो निर्णय गरिएको बैठक पछि दिउँसो ३ बजे आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

निर्मला पन्त हत्याकाण्ड पछि भएको आन्दोलनका क्रममा विभिन्न क्षेत्रमा तोडफोड, सरकारी, सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिमा हुनगएको क्षतिको मूल्यांकन र भिड नियन्त्रणमा गोली चलाइएको विषयका सम्बन्धमा निष्पक्ष छानबिनका लागि अलग्गै समिति गठन गर्न गृह मन्त्रालय संग अनुरोध गर्ने तेस्रो निर्णय गरिएको छ ।

यस्तै उक्त हत्याकाण्डको निष्पक्ष छानबिनका लागि सहज वातावरण बनाउन पीडित पक्ष, आन्दोलनरत पक्ष, अधिकारकर्मी, नागरिक समाज, सञ्चारकर्मी, प्रशासन र राजनीतिक दलसँग आबद्ध सबैले सहयोग गर्ने र अब उपरान्त थप विरोधका कार्यक्रम समेत बन्द गर्न सबैलाई अपिल गर्ने निर्णय गरिएको उच्चस्तरीय छानबिन समितिका संयोजक हरिप्रसाद मैनालीले बताए ।

(https://mclaneedgers.com)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Rai Man

    Sahid ko artha ke ho ? manchhe marne ani sahid ghoshana gardai jane ho bhane sahi sahid haru ko apaman gareko bujhinchha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतमा दुई दर्जनभन्दा बढीमा कोरोना भेटिएपछि वीरगन्जमा सजगता
भारतमा दुई दर्जनभन्दा बढीमा कोरोना भेटिएपछि वीरगन्जमा सजगता
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सांसद महेश बस्नेतको नेतृत्वमा निजिकरण गरिएका सार्वजनिक जग्गाको खोजिकार्य सुरु
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत
ठाकुर ज्ञवाली आइजीपी
ठाकुर ज्ञवाली आइजीपी
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
कांग्रेसको सति गएर कहिल्यै चुनाव जित्न सकिदैन् अब बामपन्थी आन्दोलनको नेतृत्व एमालेले गर्छ
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
सबै नीतिमा स्वास्थ्यलाई समावेश गर्ने १५औँ योजनाको लक्ष्य
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
राजन थपलियाको पुस्तक ‘१००%’ लाईफ’ विश्वको सर्बोच्च शिखर सगरमाथामा बिमोचन
प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक
प्रधानमन्त्री मोदीको भ्रमण : विगतको भन्दा पृथक

तपाईंले छुटाउनुभयो कि?