दाईजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमतिको हत्या गरेपछि !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाैँ, १८ भदाै ।
  • भारतको बिहारमा एकजना महिला सामाजिक कुरितिको शिकार भएकि छिन् ।
  • विवाहमा केटापक्षले मागेको मोटरसाईकल दिन नसकेपछि उसको हत्या गरिएको हो ।

काठमाडाैँ, १८ भदाै । भारतको बिहारमा एकजना महिला सामाजिक कुरितिको शिकार भएकि छिन् । विवाहमा केटापक्षले मागेको मोटरसाईकल दिन नसकेपछि उसको हत्या गरिएको हो । अपराधिक पृष्ठभूमि भएको श्रीमानले विवाह भएको ३ वर्ष सम्म पनि मोटरसाइकल नपाएपछि श्रीमतिको बिभत्स तरिकाले हत्या गरेका हुन् ।

जानकारी अनुसार २५ वर्षकी युवतीको ३ वर्ष पहिले राकेश नामको युवकसँग विवाह भएको थियो । राकेश आफ्नी पत्नी र उसको माइतिलाई दाईजोको विषयमा लगातार दबाव दिइरहन्थ्यो । छिमेकीका अनुसार राकेश दाईजोको रुपमा एउटा मोटरसाईकल चाहन्थे । उ मोटरसाईकल नपाएको कारण श्रीमतिलाई लगातार प्रताडित गरिरहन्थे ।

शुक्रबार राति सामान्य रुपमा सुरु भएको झगडा पत्नी गुडियाको हत्यापछि मात्र शान्त भायो । राकेशले चक्कु र ईट्टाको प्रयोग गरेर आफ्नी पत्नीको हत्या गरे । पुलिस उक्त घटनाको अनुसन्धान गरिरहेको छ । गडियाको हत्यापछि रोकेश भने परिवार सहित बेपत्ता छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?