प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परे ४ वटा उजुरी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
३८ पटक हेरिएको
Shares
प्रस्तावित प्रधानन्यायाधीश विरुद्ध परे ४ वटा उजुरी

सारांश

  • प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्।
  • समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो।
  • उक्त समयसीमा बुधबार सकिएको हो।

प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रविरुद्ध संसदीय सुनुवाइ समितिमा चार उजुरी दर्ता भएका छन्। समितिले १० दिनको समयसीमा तोकेर उजुरी आह्वान गरेको थियो। उक्त समयसीमा बुधबार सकिएको हो। सङ्घीय संसद् सचिवालयका अनुसार बुधबार साँझसम्म चारवटा उजुरी दर्ता भएकाे छ।

सचिवालयले औपचारिक रुपमा उजुरी सार्वजनिक भने गरेको छैन। उजुरी सार्वजनिक गर्न शुक्रबार बिहान बैठक बोलाइएको छ। सङ्घीय संसद् सचिवालयका सह–सचिव ध्रुवप्रसाद घिमिरेले शुक्रबारको बैठकले उजुरी सार्वजनिक गर्ने बताए।  उनले भने ‘तोकिएको १० दिनको समयसीमामा चारवटा उजुरी दर्ता भएका छन्।

शुक्रबार बिहान बैठक बोलाइएको छ। सोही बैठकले औपचारिक रुपमा उजुरी सार्वजनिक गर्नेछ।’ यसअघि संवैधानिक परिषदले भदौ ७ गते मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?