साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
५४ पटक हेरिएको
Shares
साफ च्याम्पियनसिप फूटबलः नेपालकाे ३-० काे अग्रता, सुनिल बल र भरत खवासकाे १/१ गाेल !

सारांश

  • काठमाडाैँ, २१ भदाै ।
  • बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ३-० को अग्रता बनाएको छ।
  • तेस्राे गाेल भरत खवासले गरेका छन् ।

काठमाडाैँ, २१ भदाै । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियन्सिपको दोस्रो खेलमा नेपालले भुटानविरुद्ध ३-० को अग्रता बनाएको छ। तेस्राे गाेल भरत खवासले गरेका छन् । मैदान छिरेकाे ३ मिनेट भित्रै उनले गाेल गरेका हुन् । यसअघि खेलको ७० अौं मिनेटमा सुनिल बलले डी बक्स भन्दा ६ यार्ड टाढाबाट प्रहार गर्दै गोल गरेका थिए । नेपालका लागि यो उनको पहिलो अन्तराष्ट्रिय गोल हो।

त्यसअघि निराजन खड्कालार्इ भुटानका खेलाडीले लडाएपछि ६९ अौं मिनेटमा नेपालले पेनाल्टी पाएको थियो। बिमल घर्तिमगरले प्रहार गरेको पेनाल्टीलार्इ भुटानका गोलकिपरले रोकेका थिए। गोलकिपरको हातमा लाग्दै फुत्किएको बललार्इ सुनिलले गोलको दिशा दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ