के भन्छ धर्म, समलिंगीका बारेमा ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
२८ पटक हेरिएको
Shares
के भन्छ धर्म, समलिंगीका बारेमा ?

सारांश

  • २१ औँ शताब्दि सम्म आइपुग्दा केही ठाउँलाई छाडेर अधिकांश देशमा आधारभुत अधिकारका कुरा उठ्न छाडेका छन् ।
  • अर्थात लिखित रुपमै भएपनि आधारभुत आवश्यकताका कुरा सम्बोधन भएका छन् ।
  • तर अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता सबै हिसाबले विकसित देशलाई छाडेर अन्य राष्ट्रहरुमा एउटा विवादित विषय बनेको छ, समलिंगीका अधिकारका कुरा ।

२१ औँ शताब्दि सम्म आइपुग्दा केही ठाउँलाई छाडेर अधिकांश देशमा आधारभुत अधिकारका कुरा उठ्न छाडेका छन् । अर्थात लिखित रुपमै भएपनि आधारभुत आवश्यकताका कुरा सम्बोधन भएका छन् । तर अमेरिका, अष्ट्रेलिया, क्यानडा जस्ता सबै हिसाबले विकसित देशलाई छाडेर अन्य राष्ट्रहरुमा एउटा विवादित विषय बनेको छ, समलिंगीका अधिकारका कुरा । हालै छिमेकी राष्ट्र भारतले पनि समलिंगीहरुको अधिकारलाई सबैको समान भनेर सुनिश्चित गरिदिएको छ । नेपालमा पनि कानुनले तलमाथि गरेको भने छैन् । यद्यपि एउटा ठोस कानुनको भने प्रतिक्षा छ ।
देशका कुरा फरक हुन्छन्, भेष अनुसार । समलिंगीलाई धर्मले कसरी व्याख्या गेरेको छ त ? सवाल यो हो कि के धर्मले पनि समलिंगीक सम्बन्धलाई अप्रकृतिक मान्छ ? यसमा धर्म अनुसार फरक फरक व्यवस्था छ ।

पूर्वि धार्मिक परम्परा अर्थात हिन्दु धर्मका बारेमा चर्चा गर्दा समलिंगीलाई परापुर्वकालदेखि नै स्विकारेको पाइन्छ । यसको उदाहरण हो शिवको अर्धनारीश्वर रुप । जसलाई अहिले पनि शब्दावलीमा एंड्रोजिनिस सेक्सुआलिटी भनेको पाईन्छ, यसको अर्थ पुरुष महिला दुवैको गुण रहेको भन्ने बुझिन्छ । त्यस्तै भगवाज विष्णुले मोहिनी रुप धारण गरेर शिवलाई झुक्याएको पनि पौराणिक कथामा सुन्न पाईन्छ । यसको मतलब समलिंगीलाई हिन्दु धर्मले सुरुवाति काल देखि नै स्विकार्दै आएको थियो ।

यहीँ पश्चिम तिर हेर्ने हो भने यहुदी, ईसाई तथा इस्लाम धर्मका यसबारे कुनै चर्चा पाईँदैन । अझ यसलाई पुर्ण रुपमा बर्जित गरिएको थियो, निश्चित समयावधि सम्म । कतिमा त अझै पनि बर्जित छ ।  मानिसको साँघुरो सोचका कारण एलन ट्युरिङ्ग जस्ता महान गणितिज्ञ, वैज्ञानिक तथा कोड ब्रेकरलाई आत्महत्या गर्नुप¥यो । उनी उदाहरण थिए, उनी जस्ता सयौँले आत्महत्या गरे । लाखौँ अझै पनि आफ्नो परिचय लुकाएर हिँड्छन् । यो अशिक्षित समाजको साँघुरो सोचकै कारण भएको हो।

हिन्दु धर्मले सदिऔँ पहिले भनेको कुुरा हामीले बिस्तारै अहिले बुझ्दै छौँ । तर धर्म मै बर्जित भनिएको पश्चिममा उल्लेखनीय रुपमा यसलाई सुधारिँदै छ । यो पक्के पनि अनुकरण योग्य कुरा हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?