जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १२, २०८०
|
|
२० पटक हेरिएको
Shares
जसपा संसदीय दलको प्रमुख सचेतकमा यादव नियुक्त

सारांश

  • काठमाडौँ ।
  • जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् ।
  • जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेको सो पार्टीले जनाएको छ ।

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा)को संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपा संसदीय दलका नेता उपेन्द्र यादवले आज प्रदीपलाई प्रमुख सचेतक नियुक्त गरेको सो पार्टीले जनाएको छ ।

पर्सा क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका सङ्घीय सांसद यादव यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारमा वन तथा वातावरणमन्त्री थिए । उनलाई पार्टीको संसदीय दलको विधान, २०७८ को धारा १३ को १ अनुसार नियुक्त गरिएको जसपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?