१ किलो लागु औषध खैरो हिरोईन सहित दुई जना पक्राउ
सारांश
- बीरगंज २३ भदौ ।
- बीरगंज प्रहरीले १ किलो लागु औषध खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ।
- प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय जयराम कुमार राम र २५ वर्षीय बालेश्वर दास थारुलाई पक्रेको हो ।
बीरगंज २३ भदौ । बीरगंज प्रहरीले १ किलो लागु औषध खैरो हिरोईन सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं २ बस्ने ३० वर्षीय जयराम कुमार राम र २५ वर्षीय बालेश्वर दास थारुलाई पक्रेको हो ।
बीरगंज वडा नं १५ बसपार्कमा रहेको ऋद्धि होटलको २०६ नंम्बरको कोठाबाट उनीहरुलाई ९ सय ६६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए,होटलको कोठामा लागु औषध खैरो हिरोईनको कारोबार भईरहेको सूचना आएको थियो, ‘ उनले भने ‘ लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय वीरगञ्जको टोली समेत गएर उनीहरुलाई पक्राउ गर्न सफल भयौ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया