यसकारण एयर एसियाले मलेसिया–काठमाडौं उडान बन्द गर्दै !

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
यसकारण एयर एसियाले मलेसिया–काठमाडौं उडान बन्द  गर्दै !

सारांश

  • काठमाडौं,२४ भदाै।
  • बजेट क्यारिअरको रुपमा छवी बनाएको एयर एसियाले मलेसिया–काठमाडौं मलेसियाको उडान बन्द गर्ने निर्णय गरेको छ ।
  • यसबाट नेपालमा आउने पर्यटकलाई गम्भिर असर पार्न सक्ने देखिएको छ ।

काठमाडौं,२४ भदाै। बजेट क्यारिअरको रुपमा छवी बनाएको एयर एसियाले मलेसिया–काठमाडौं मलेसियाको उडान बन्द गर्ने निर्णय गरेको छ । यसबाट नेपालमा आउने पर्यटकलाई गम्भिर असर पार्न सक्ने देखिएको छ । मलेसियालाई आधार बनाएर एसियाका धेरै स्थानमा उडान भर्दै अन्तर्राष्ट्रिय प्रख्यात अन्तर्राष्ट्रिय हवाई कम्पनीले नेपालको उडान बन्द गरेपछि त्यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत असर पार्ने भएको छ ।

एयर एसियाका अनुसार आगामी असोज २६ गते काठमाडौंबाट अपरान्ह १४ः४५ बजे एयर एसियाको जहाज उडान नं डिएल १९३ ले अन्तिम पटक उडान भर्नेछ । त्यसपछि एयर एसियाले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेछनै । एयर एसियाले नेपालमा ६ वर्ष अगाडि देखि उडान भर्दै आएको थियो । गत जेठअघि दैनिक उडान भर्दै आएको एयर एसियाले नेपाल सरकारले मलेसिया कामदार आपूर्तिमा रोकेपछि साताको तीन उडान भर्दै आएको थियो । उक्त उडानमा पनि उल्लेख्य यात्रु पाउन नसकेपछि एयर एसियाले गत अगष्ट २३ तारिखबाट साताको दुई उडान मात्रै भर्दै आएको छ ।

मलेसिया जाने कामदार आपूर्ति रोकिएपछि नेपालबाट फर्कदा रित्तै फर्कनु परेको पीडा, काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक जामलगायतका समस्या भोगेपछि एयर एसियाले नेपालको उडान सस्पेन्ड गरेको जनाइएको छ । एयर एसियाको उडान बन्द भएपछि युरोप तथा एसियाका अन्य देशबाट मलेसिया ट्रान्जिट भएर आउने पर्यटकको संख्यामा गिरावट आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?