काठसहित तस्करीमा संलग्न पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
काठसहित तस्करीमा संलग्न पक्राउ

सारांश

  • कञ्चनपुर, २० फागुन , कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ ।
  • वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताउनुभयो ।
  • कामी कृष्णपुर– ४ का बासिन्दा हुन् ।

कञ्चनपुर, २० फागुन , कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ स्थित हरियाली सामुदायिक वनबाट काठ तस्करी गर्ने कार्यमा संलग्न भरत कामीलाई सब डिभिजन वन कार्यालय वाणीले आज पक्राउ गरेको छ ।

वन क्षेत्रमा आराको सहायताले सालको काठको गोलिया काटिरहेको अवस्थामा कामीलाई सामुदायिक वनका पदाधिकारीको सहयोगमा पक्राउ गरिएको सव डिभिजन वन कार्यालय वाणीका प्रमुख विश्वराज पण्डितले बताउनुभयो । कामी कृष्णपुर– ४ का बासिन्दा हुन् ।

काठ काटिरहेको ठाउँबाट सालको गोलिया, आरासमेत बरामद भएको छ । “काठ काट्ने कार्यमा संलग्न अन्य छजना वन कार्यालयको टोली देखेर भागेकाले उनीहरुको खोजी गरिरहेका छौँ”, कार्यालय प्रमुख पण्डितले भन्नुभयो, “काठ काट्दै गरेको सालको रुखको केही भाग गायब पारिएकाले त्यसको समेत खोजी भइरहेको छ ।”

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?