बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १३, २०७९
|
|
४० पटक हेरिएको
Shares
बाजुरामा भूकम्पले पुर्‍याएको क्षतिको विवरण संकलन सुरु

सारांश

  • काठमाडौं ।
  • बाजुरा जिल्लमा भूकम्पले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण संकलन कार्य सुरु भएको छ ।
  • राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका भूगर्भ इन्जिनियर सहितको टोलीले क्षतिको विवरण संकलन सुरु गरेको हो ।

काठमाडौं । बाजुरा जिल्लमा भूकम्पले पुर्‍याएको क्षतिको प्रारम्भिक विवरण संकलन कार्य सुरु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट खटिएका भूगर्भ इन्जिनियर सहितको टोलीले क्षतिको विवरण संकलन सुरु गरेको हो । विवरण संकलन गर्ने थप जनशक्ति तयारीका लागि आजबाट स्थानीय तहका प्राविधिकलाई समेत अभिमुखीकरण दिएर परिचालन गरिने भएको छ ।

सो टोली परिचालन गरेपछि स्थानीय प्राविधिक सहितको टोली विवरण संकलन कार्यमा संलग्न हुने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

गत माघ १० गतेको भूकम्पले बाजुरामा क्षति पुर्‍याएको छ । भूकम्पले घर भत्कँदा बाजुरामा एक जनाको ज्यान गएको छ । बाजुरा, बझाङ र हुम्लामा गरी ४ जना घाइते भएको प्रारम्भिक तथ्याङ्क संकलन गरिएको थियो ।

यस्तै बाजुरामा व्यक्तिगत तथा सार्वजनिक भवनमा समेत क्षति पुगेको छ । भूकम्पको प्रभाव बझाङ र हुम्लामा पनि परेको छ ।

माघ १० गते दिउँसो २ बजेर ४३ मिनेट जाँदा बाजुराको हिमाली गाउँपालिकाको बिछया केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?