पर्यटन प्रवद्र्धन गरिँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
पर्यटन प्रवद्र्धन गरिँदै

सारांश

  • लमजुङ, २४ भदौ ।
  • पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एल्बम तयार गर्न थालिएको छ ।
  • गीति एल्बममा गाउँको विविधतासँगै स्थानीय संस्कार, संस्कृति, वेशभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातात्विक सम्पदालगायत कुरा समेटेर प्रचारप्रसार थालिएको छ ।

लमजुङ, २४ भदौ । पर्यटन प्रवद्र्धन गर्नका लागि पछिल्लो समय जिल्लाका विभिन्न पर्यटकीय गाउँलाई समेटेर गीति एल्बम तयार गर्न थालिएको छ ।गीति एल्बममा गाउँको विविधतासँगै स्थानीय संस्कार, संस्कृति, वेशभूषा, प्राकृतिक सुन्दरता, धार्मिक आस्था, पुरातात्विक सम्पदालगायत कुरा समेटेर प्रचारप्रसार थालिएको छ । गीति एल्बमले पर्यटक आगमन बढेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । गीति एल्बमका कारण पर्यटक आकर्षित भएको सिउरुङ ग्रामीण पर्यटन विकास समितिका सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ ।

“गीति एल्बममा दृष्य देखेर स्थलगत अवलोकन गर्न आन्तरिक पर्यटक आउने गरेका छन्,” उहाँले भन्नुभयो । “देश विदेशमा प्रचार–प्रसार गर्न अन्य माध्यमभन्दा गीति एलबम उपयुक्त माध्यम हो,” घलेगाउँ पर्यटन विकास समितिका अध्यक्ष प्रेम घलेले भन्नुभयो । पुरानो कला संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्न र जोगाउन सजिलो भएको ताघ्रिङका पर्यटन व्यवसायी नरबहादुर गुरुङ बताउनुहुन्छ । “युवा दिनप्रतिदिन नयाँ–नयाँ कुराको खोजीमा हुन्छन्”, कलाकार विष्णु गुरुङले भन्नुभयो । गीति एल्बम निर्माण हुन थालेपछि नृत्य तथा अभिनयतर्फ युवापुस्ताको आकर्षण बढेको छ । पर्यटन विकास मुलुकको समृद्धिको आधार भएकाले त्यसमा सरकारले लगानी गर्नुपर्ने लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापा बताउनुहुन्छ ।

विभिन्न गाउँको बारेमा गीत लेख्ने, त्यही गीतको आधारमा गीति एलबम निर्माण गर्ने तथा गाउँमा आएका पाहुनालाई स्थानीय गीतमै नाचेर स्वागत गर्ने चलन अहिले बढ्दै गएको छ । जिल्लाका घलेगाउँ, भुजुङ, ताघ्रिङ, पाचोक, नाल्मा, सिउरुङ, दुराडाँडा, समीभञ्ज्याङ, पुरानकोट, भोजे, मपिङ, बाहुनडाँडा भिरपुस्तुन, पसगाउँलगायत गाउँमा गीति एल्बम निर्माण गरिँदैछ । अधिकांश गीति एल्बम गुरुङ भाषामा तयार गरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?