अाज भदाै २५ गते: कहाँ के-के घटना घटे?

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अाज भदाै २५ गते: कहाँ के-के घटना घटे?

सारांश

  • जापान पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ  काठमाडौं, जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
  • दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो ।
  • दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ ।

जापान पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा पक्राउ 
काठमाडौं,
जापानमा सरकारी कोटामा कृषि सम्बन्धी कामको लागि पठाई दिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(१३ बस्ने ३३ वर्षीय सबिन प्रकाश दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
दनुवारले विमान सेक्यूरिटी एण्ड सर्भिस प्रालिको अध्यक्ष र सञ्चालक हुँ भनी प्रतिव्यक्ति ७ लाखदेखि १२ लाखसम्म उठाई २८ जना भन्दा बढी व्यक्तिहरूबाट १ करोड ३१ लाख ५० हजार रूपैयाँ ठगी गरेको खुल्न आएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले दनुवारलाई आइतबार काठमाडौं बसुन्धराबाट पक्राउ गरेको हो । दनुवारलाई थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंमा सोमबार बुझाइएको छ ।सोही मुद्दामा पीडितहरूको उजुरीको आधारमा नुवाकोट दुप्चेश्वर ७ की हाल जोरपाटी चामुण्डा वस्ने ३३ वर्षीया सरिता गुरूङ र उदयपुर त्रियुगा नगरपालिका९ घर भई हाल काठमाडौं नेपालटार बस्ने २३ वर्षीय लालमणि दनुवारलाई २०७४ माघ ८ र ९ गते प्रहरीले पक्राउ गरेको थियो । 

अनुसन्धान पश्चात ठगी मुद्धामा काठमाडौ जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको २०७४ माघ २९ गतेको आदेशले १० लाख धरौटी माग भएकोमा सरिता गुरूङले तिर्न नसकी कारागार चलान भएकी थिइन् र लालमणी दनुवार २०७५ जेठ १५ गते १० लाख धरौटी राखी तारेखमा छुटेका थिए । अभियुक्त सविन प्रकाश दनुवार उक्त मिति देखिनै फरार रहेका थिए ।
मृत अवस्थामा फेला  
काठमाडौं,
बारा, कास्की र रुपन्देहीमा गरी सोमबार ३ जना मृत अवस्थामा फेला परेका छन् । उनीहरूमध्ये बारा निजगढ नगरपालिका ३ गुम्बा टोल बस्ने ७३ वर्षीय नारायण नेपाली आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् ।  मृत फेला पर्नेमा कास्की पोखरा लेखनाथ महानगरपालिका(२२ फुस्रेखोला चिसापानी बस्ने ६० वर्षीया रेणुका वि।क।रहेकी छिन् । उनलाई सोमबार उनकै घरमा मृत अवस्थामा फेला पारिएको हो ।
रुपन्देही सुद्धोधन गाउँपालिका ७ बोहरवास्थित दानव नदीको किनारमा हाल नाम, थर, वतन खुल्न नसकेकी अन्दाजी १८ वर्षीया महिला समेत मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 सवारी दुर्घटनामा मृत्यु 
काठमाडौं,
सल्यान र तनुहँमा सोमबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । सल्यान शारदा नगरपालिका १३ सियानीकालस्थित सडकमा लु।१ ख ५६६४ नम्बरको जिपको ब्रेक फेल भई दुर्घटना हुँदा जीपमा सवार सल्यान बाघचौर नगरपालिका१० बस्ने ५५ वर्षीया हुकुनी बिकको घटनास्थलमै र सोही ठाउँ बस्ने ६५ वर्षीय वलबहादुर कामीको उपचारको लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएका हो । दुर्घटनामा जीप चालक समेत सामान्य घाइते भएकोले उपचारको लागि स्थानीय मेडिकलमा लगिएको छ ।

तनहुँ भानु नगरपालिका३ तुरतुरेस्थित ग१ ख ४४४५ नम्बरको बस अनियन्त्रित भई पल्टेर दुर्घटना हुँदा बसका सहचालक सोही नगरपालिका१ सालबिस्ने बस्ने २७ वर्षीय ज्ञानबहादुर तामाङ घाइते भएकोले उपचारको लागि स्थानीय पोली क्लिनीकमा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा अन्य ५ जना सामान्य घाइते भएका थिए । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी 
मोरङ,
रतुवामाई नगरपालिका७ नयाँबजारस्थित रमेश बानियाँको घरमा रहेको किराना तथा होलसेल पसलको भेन्टिलेसन फोडेर गएराति नगद ५ लाख ५० हजार रुपैयाँ,४ थान मोबाईल, २० हजार रुपैयाँको एनसेलको रिचार्ज कार्ड र ३ लाख ८० हजारको दस्तखत भएको एनआईसी एसिया बैंकको २ वटा चेक चोरी भएको छ । यसैगरी सोही नगरपालिका६ काजुपाडा चोकस्थित काजीबहादुर बस्नेतको घरमा रहेको कोल्ड स्टोर तथा मदिरा पसलको सटरको ताला फोडी नगद २ लाख २५ हजार रुपैयाँ, सुनको २ थान औंठी र ब्रासलेट १ थान सहित ४ तोला सुन गएराति चोरी भएको छ ।
फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 आगलागीबाट धनमाल क्षति 
ताप्लेजुङ,
फोक्तालुङ गाउँपालिका(३ बस्ने दलबहादुर वि।क।को कच्ची घरमा सोमबार बिद्युत सर्ट भई आगलागी हुँदा नगद १ लाख, ३ तोला सुनका गहना, ८ तोला चाँदीका गहना सहित करीव १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?