सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनिय काम हाेः काँग्रेस सभापति देउवा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २८ भदाै ।
  • प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् ।
  • बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका हुन् ।

काठमाडौं, २८ भदाै । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेकोमा आपत्ति जनाएका छन् । बिहिबार संघीय संसद भवन नयाँ बानेश्वर परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले सम्पादक बस्नेतलाई पक्राउ गर्नु निन्दनीय भएको प्रतिक्रिया दिएका हुन् ।  सभापति देउवाले प्रहरीले सम्पादक बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ति जनाउँदै आफ्नो पार्टी सो घटनाको खिलाफमा रहेको प्रतिक्रिया दिए ।

उनले पत्रकारहरुलाई पक्राउ गर्नेजस्तो काम पनि गर्ने हो ? भनि सरकारलाई प्रश्न पनि गरेका थिए । सभापति देउवाले सरकारले पत्रकारहरुलाई पनि पक्राउ गरेकाले आफ्नो पार्टीले विरोध गर्नु परेको स्पष्ट पारे ।  समाचार प्रकाशित गरेकै आधारमा गत सोमबार बिहान पक्राउ परेका खोजतलास साप्ताहिकका सम्पादक बस्नेतलाई प्रहरीले विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान प्रक्रिया अघि बढाएको छ । त्यसैगरी सोही घटनामा आवश्यक सोधपुछ गर्न प्रहरीले दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई पनि उर्दी जारी गरेको थियो ।सभापति देउवाले पत्रकारलाई पक्राउ गरिएको सो घटनाको निन्दा गर्दै आफ्नो पार्टीले विरोध गरिरहेको पनि स्मरण गराए

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
एक महिनाभित्र सबै भूकम्प प्रभावितलाई अस्थायी आवास उपलब्ध गराउँछौँ : मन्त्री बस्नेत
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
चार कम्युनिस्ट पार्टी एकीकरण हुने ‘नेकपा समाजवादी केन्द्र’ राख्न प्रचण्डको प्रस्ताव
‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’
‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
पर्यटन विकासका लागि एकीकृत तथ्याङ्क प्रणाली विकास गरिनुपर्ने
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
सरकारी जग्गा फिर्ता ल्याउन आयोग बनाउने सरकारकाे तयारी
सुराकीमै २ करोड १७ लाख खर्च!
सुराकीमै २ करोड १७ लाख खर्च!
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
काँग्रेस बलियो बनाउन म उपसभाति हुनुपर्छ : गच्छदार
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित  ६ जनालाई कारबाही,
कांग्रसका सांसद महाधिवेशन प्रतिनिधि जिल्ला कमिटी सदस्यसहित ६ जनालाई कारबाही,
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै
प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्दै

तपाईंले छुटाउनुभयो कि?