सञ्जुमा देखाइएका झुठा दृश्य !
सारांश
- बलिउड बक्स अफिसमा भव्य कमाइ गरेको सञ्जय दत्तको बायोपिक सञ्जुको बारेमा निर्देशक राजकुमार हिरानीले गोप्य कुरा खोलेका छन् ।
- उनले फिल्ममा वास्तविक घटनाका अलावा पनि थप अतिरिक्त भाग जोेडेको बताए ।
- सञ्जय दत्त प्रति रहेको घृणाभाव र आम जनताको भ्रम हटाउन यस्तो गरिएको निर्देशक हिरानीले प्रष्ट पारे ।
बलिउड बक्स अफिसमा भव्य कमाइ गरेको सञ्जय दत्तको बायोपिक सञ्जुको बारेमा निर्देशक राजकुमार हिरानीले गोप्य कुरा खोलेका छन् । उनले फिल्ममा वास्तविक घटनाका अलावा पनि थप अतिरिक्त भाग जोेडेको बताए । सञ्जय दत्त प्रति रहेको घृणाभाव र आम जनताको भ्रम हटाउन यस्तो गरिएको निर्देशक हिरानीले प्रष्ट पारे ।
एक रिपोर्टका अुनसार फिल्मको पहिलो चरणको खाका सञ्जयको वास्तविक जिवनमा आधारित रहेर बनाइएको थियो तर त्यो मान्छेहरुले त्यति मन पराएनन् । त्यसपछि हिरानीले फिल्मका मुख्य पात्र सञ्जय दत्त प्रति सहानुभुति देखाउने गरेर केही दृश्य थपघट गरेको बताए ।
उदाहरणको लागि फिल्ममा अदालतको फैसला पश्चात सञ्जुले आत्महत्याको कोशिस गरेको दृश्य पहिलो चरणको खाकामा थिएन । यसलाई पछिमात्र फिल्ममा हालिएको हो । कमाएको हिसाबले सञ्जु बलिउडको सबैभन्दा बढी कमाइ गर्ने फिल्मको सूचीमा दोस्रो नम्बरमा छ भने २०१८ को सबैभन्दा बढी कमाइ गरेको फिल्म हो । सञ्जुले भारतमा मात्र ३ सय ४१ कराड माथिको कमाइ गरेको छ । जुन सलमानको टाइगर जिन्दा हे र आमिर खानको पिके भन्दा बढी हो । सञ्जु भन्दा माथि आमिरको दंगल मात्र रहेको छ ।
प्रतिक्रिया