थाहा पाउनुहाेस् आजको मौसम

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ३, २०८०
|
|
२६ पटक हेरिएको
Shares
थाहा पाउनुहाेस् आजको मौसम

सारांश

  • काठमाडौं।
  • हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

काठमाडौं। हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, गण्डकी, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो कोशी प्रदेशमा सामान्य बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति भने कोशी प्रदेशमा सामान्य बदली रही देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम सामान्यता सफा रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् देखिन्छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरुमा र देशका बाँकी तराई भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। तसर्थ, अत्याधिक गर्मी, मेघगर्जन र चट्याङ्ग तथा वर्षाबाट हुन सक्ने जोखिम वा क्षति बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
‘तिम्रो नामको Tatto’ भन्दै के गर्छन् मिनकुमार तामाङ कोनिका घिमिरेसँग (भिडियोसहित)
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
अर्थतन्त्रको सुधार झारफुकले पुग्दैन, सर्जरी नै गर्नुपर्छ : डा स्वर्णिम वाग्ले
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
संखुवासभामा पाँचवटा मतपेटिका गणना पछिमात्र परिणाम
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
ट्राफिक प्रहरी सुनसरीलाई ३५ लाखको सहयोग सामग्री प्रदान
बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
बाबुराम छोडेर प्रचण्ड तिर करिष्मा !
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
यमपञ्चकको चौथो दिनः आज गाई, गोरु र कृषक पूजा गरिँदै
यमपञ्चकको चौथो दिनः आज गाई, गोरु र कृषक पूजा गरिँदै
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
जग्गाको नक्सा अनलाइनबाटै लिने व्यवस्था गर्न राष्ट्र बैँकको निर्देशन
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी

तपाईंले छुटाउनुभयो कि?