किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्

सारांश

  • लियाेनल मेसीबारे अहिले एउटा निकै आश्चर्यलाग्दो कुरा बाहिरिएको छ ।
  • अर्जेन्टिनाका फिटनेश प्रशिक्षक जेरार्दो मार्तिनोले यसको खुलासा गरेका हुन् ।
  • विश्व फुटबलमा एकदमै सफल खेलाडीका रुपमा चिनिने मेसी सन् २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि मेस्सी मैदानमा बसेर रोएको सायद कसैले भुलेका होलान् ।

लियाेनल मेसीबारे अहिले एउटा निकै आश्चर्यलाग्दो कुरा बाहिरिएको छ । अर्जेन्टिनाका फिटनेश प्रशिक्षक जेरार्दो मार्तिनोले यसको खुलासा गरेका हुन् । विश्व फुटबलमा एकदमै सफल खेलाडीका रुपमा चिनिने मेसी सन् २०१६ को कोपा अमेरिका फाइनलमा पराजित भएपछि मेस्सी मैदानमा बसेर रोएको सायद कसैले भुलेका होलान् । उनलाई त्यसको प्रभाव निकै ठूलो परेको रहेछ । मेस्सी मैदानमा मात्रै होइन, एक्लै पनि बेस्सरी रोएका रहेछन् । अर्जेन्टिनाका फिटनेश प्रशिक्षक जेरार्दो मार्तिनोले मेस्सी टिमको स्टोर रुममा बसेर मेस्सी एक्लै बेस्सरी रोएको भेटेका थिए ।

अर्जेन्टिनाको रेडियोसँग अन्तर्वातामा मार्तिनोले कोपा अमेरिकाको फाइनलमा पराजित भएको पीडापछि मेस्सीमाथि परेको प्रभाव खुलाएका हुन् । उनले भने, ‘कोपा अमेरिकाको फाइनलपछि ड्रेसिङ्ग रुमको अवस्था निकै पीडादायक थियो । बिहानको झण्डै दुई बजेको थियो, मैले स्टोर रुममा मेस्सीलाई एक्लै भेट्टाएँ, आमाको मृत्यु हुँदा कुनै बच्चा रुने जसरी मेस्सी रोइरहेका थिए । उनलाई सहानुभूति दिने कोही थिएनन् ।’

आफूले उनलाई सान्त्वना दिएको मार्तिनोले बताए । मेस्सीकी आमा उनका लागि ठूलो उत्साहकी माध्यम हुन् । गएको जुलाईमा रुसमा भएको विश्वकपमा अर्जेन्टिनाको खराब प्रदर्शनपछि मेस्सीको आलोचना भइरहेका बेला उनकी आमाले बचाउ गरेकी थिइन् । फतर सन् २०१६ को कोपा अमेरिकामा पराजित भएपछि मेस्सी ‘आमाको निधन हुँदा बच्चा जसरी रुन्छन् त्यसैगरी’ रोएको मार्तिनले बताएका हुन् ।

(एजेन्सि)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?