भारतीय दुतावासको पत्रपछि विषादी परिक्षण रोकिनु गलतः गौतम

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २५, २०७६
|
|
३० पटक हेरिएको
Shares
भारतीय दुतावासको पत्रपछि विषादी परिक्षण रोकिनु गलतः गौतम

सारांश

  • नेकपा निकट अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्राचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने केपी ओली सरकारको निर्णय गलत रहेको जनाएको छ ।
  •  संघको संयोजक समेत रहेका नेकपा नेता बामदेव गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको निर्णयको आलोचना गरेको हो ।
  • विज्ञप्तिमा यो निर्णयले नेपाल सरकार भारतसँग आत्मसमर्पण गर्न पुगेको भन्ने भ्रम फैलन पुगेको भन्दै विगतमा किसान विरोधी नीति लाद्ने प्रमुख प्रतिपक्षी दल सडकमा उत्रने अवस्था आएको उल्लेख गरिएको छ ।

नेकपा निकट अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्राचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने केपी ओली सरकारको निर्णय गलत रहेको जनाएको छ । संघको संयोजक समेत रहेका नेकपा नेता बामदेव गौतमले मंगलबार एक विज्ञप्ति जारी गरी सरकारको निर्णयको आलोचना गरेको हो ।

विज्ञप्तिमा यो निर्णयले नेपाल सरकार भारतसँग आत्मसमर्पण गर्न पुगेको भन्ने भ्रम फैलन पुगेको भन्दै विगतमा किसान विरोधी नीति लाद्ने प्रमुख प्रतिपक्षी दल सडकमा उत्रने अवस्था आएको उल्लेख गरिएको छ ।

‘आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भएपनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो । परन्तु भारतीय राजदूतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण छ,’ नेता गौतमले भनेका छन्, ‘यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ ।’

भारतीय दूतावासले सरकारलाई दिएको पत्रले नेपाली किसानको उत्पादन माथि हस्तक्षेप गरेको ठहर गदैै गौतमले अखिल नेपाल किसान महासंघले नेपाली किसानहरु तथा आम उपभोक्तको हित रक्षा गर्ने अधिकार राख्ने उल्लेख गरेका छन् ।

वक्तव्य
नेपाल सरकारले २०७६ असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी भारतबाट आयात हुने तरकारी तथा फलफूलहरुको विषादी परीक्षण गरेर मात्रै ल्याउन पाउने निर्णय भएको र त्यसका विरुद्ध भारतीय राजदुतावासद्वारा सो निर्णय रोक्नका लागि चुनौतीपूर्ण भाषा प्रयोग गर्दै गैरकुटनीतिक तरिकाले नेपाल सरकारलाई पत्राचार गरेकोमा अखिल नेपाल किसान महासंघको आज बसेको स्थायी समितिको बैठकको गम्भीर ध्यानाकर्षण भएको छ ।

भारतीय कृषि उत्पादनहरुमा अत्यधिक मात्रामा मानव स्वास्थ्य र वातावरणमा गम्भीर क्षति पुराउने रासायनिक विषादीहरु प्रयोग गरिने र भारतबाट नेपालतर्फ तरकारी तथा फलफूल आयात गर्ने आयातकर्ताहरुले कुनै पनि फाइटोसिनेटरी क्लियरेन्सको कागजपत्रहरु पेश नगरेका कारणले हामीसंग भएको द्रुत विषादी मापन यन्त्रबाट परिक्षण गर्न आरम्भ गर्नु परेको हो । नेपाल अल्प विकसित राष्ट्रभएको नाताले नेपाल सरकारले अहिले पनि विश्व व्यापार संगठनका कैयौँ प्रावधानहरु लागु गर्ने विषयमा छुट पाउने वेहोरा भारतीय राजदुतावासलाई जानकारी हुनुपर्ने हो । भारतीय दुतावासले नेपाल सरकारलाई दिएको पत्रले नेपाली किसानको उत्पादन माथि हस्तक्षेप गरेकाले अखिल नेपाल किसान महासंघनेपाली किसानहरु तथा आमउपभोक्तको हित रक्षा गर्ने अधिकार राख्दछ ।

आवश्यक अनुसन्धान तथा पूर्वतयारीको अभावमा गरिएको भए पनि नेपाल सरकारको सो निर्णय सही र नेपाली किसानहरु तथा आम उपभोक्ताको पक्षमा थियो । परन्तु भारतीय राजदुतावासले पत्राचार गरेलगत्तै नेपाल सरकार आफ्नो निर्णयबाट असार १९ गते पछि हट्ने कार्य त्रुटीपूर्ण छ । यसबाट एकातिर आम नेपाली जनतामा नेपाल सरकार भारतसँग आत्मसमपर्ण गरेको भ्रम फैलन पुगेको छ भने विगतमा नेपाली किसान विरोधी नीतिहरु लाद्ने प्रतिपक्षी दल सडकमा उत्रने अवस्था सिर्जना भएको छ । नेपाली काँग्रेस लगायतका शक्तिहरु सरकारविरुद्ध सडकमा उत्रनु भारतीय राजदुतावासको पत्राचारको विरुद्धमा हो वा नेपाल सरकारले गरेको निर्णयका विरुद्ध हो, त्यो समेत प्रष्ट छैन । यसले जनतालाई थप भ्रम सिर्जना हुन पुगेको छ । नेपालबाट भारततर्फ निर्यात हुने तरकारी तथा फलफूलहरुमा विषादी परीक्षण गर्नुपर्ने प्रावधानहरु कायमै छ ।

यस परिप्रेक्ष्यमा अखिल नेपाल किसान महासंघ नेपाल सरकारलाई आवश्यक सम्पूर्ण तयारी पूरा गरी भारतबाट आयातित सबै तरकारी तथा फलफूलहरुको विषादी पुनः परीक्षण सुरु गर्न र नेपाली आमउपभोक्तालाई विषादीयुक्त तरकारी तथा फलफूलहरु सेवन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न र आम उपभोक्ताको हक, हित तथा अधिकार संरक्षण गर्न जोड्दार माग गर्दछ ।

वामदेव गौतम
संयोजक
अखिल नेपाल किसान महासंघ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
शुक्रवारसम्म नेपालमा सलहको खतरा, धपाउन धुँवा र आवाज प्रभावकारी
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
नवरात्र सुरु भएसँगै शक्तिपीठमा दर्शनार्थीको भीड
उत्तर कोरियाविरुद्ध सैन्य कारवाही प्राथमिकता होइन : ट्रम्प
उत्तर कोरियाविरुद्ध सैन्य कारवाही प्राथमिकता होइन : ट्रम्प
अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा
अफरोडका लागि बनेका टिप्पर मध्यशहरमा हुइँकिदा
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
महासंघले भन्यो अदालतले आफैं प्रतिवेदन उठाएर पत्रकारलाई जेल पठाउनु गम्भीर
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
गोरखा-१ मा रास्वपाका सुधन गुरुङको सुरुआती अग्रता
आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन
आउँदो माघमा एकीकृत समाजवादीको १०औं महाधिवेशन
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
स्थानीय तहलाई शक्तिशाली बनाई संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना
खानेपानी मन्त्रालयको प्रगति विवरणः देशैभरि सम्पन्न भए ५ सय ४५ वटा आयोजना

तपाईंले छुटाउनुभयो कि?