कृष्ण पहाडीसहित २५ जना मानवअधिकारवादीहरु गिरफ्तार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
कृष्ण पहाडीसहित २५ जना मानवअधिकारवादीहरु गिरफ्तार

सारांश

  • काठमाडौं, २६ असार ।
  • प्रधानमन्त्री कार्यालय सिंहदरवार अगाडि आयोजना गरिएको धर्ना कार्यक्रमबाट प्रहरीले मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका निर्णयहरुलाई “स्वतन्त्रता विरोधी निर्णय” र “स्वेच्छाचारी गतिविधि”हरु भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।

काठमाडौं, २६ असार । प्रधानमन्त्री कार्यालय सिंहदरवार अगाडि आयोजना गरिएको धर्ना कार्यक्रमबाट प्रहरीले मानवअधिकारवादी नेता कृष्ण पहाडीसहित २५ जनालाई गिरफ्तार गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले गरेका निर्णयहरुलाई “स्वतन्त्रता विरोधी निर्णय” र “स्वेच्छाचारी गतिविधि”हरु भन्दै मानवअधिकार तथा शान्ति समाजले धर्ना कार्यक्रमको आयोजना गरेको थियो ।

दिउँसो १ बजे धर्ना प्रारम्भ हुनासाथ प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष बटुकृष्ण ढुंगेल, ललितपुर शाखा सभापति चन्द्रमणि बञ्जारालाई गिरफ्तार गरेको हो । गिरफ्तार हुने अन्य धर्नाकारीहरुमा विभागीय संयोजकहरु प्रताप पौडेल, जयराम पुडासैनी, बाबुराम न्यौपाने, जगन्नाथ पुडासैनी, विपी पौडेल सदस्यहरु सनत आचार्य, रामचन्द्र खतिवडा, रेजिना राई, सुकदेव अधिकारी, ईश्वर पुडासैनी, भगवान पुडासैनी, गोकुल पुडासैनी, सुरज कुमार बोहरा, टंकप्रसाद गैरे, मुरारी प्रसाद फुयाल, ईश्वरीप्रसाद नेपालसहित २५ जनालाई गिरफ्तार गरी महानगरीय प्रहरी वृत्त सिंहदरवारमा राखिएको शान्ति समाजका कार्यक्रम अधिकृत सरिता शर्माले जानकारी दिइन् ।

धर्नामा स्वतन्त्रता विरोधी निर्णय खारेज गर, स्वेच्छाचारी गतिविधि बन्द गर, शिक्षामा माफिया चलखेल अन्त्य गर, स्वास्थ्यमा माफिया चलखेल अन्त्य गर, सत्याग्रहीको जीवन रक्षा गर, अपराधीलाई संरक्षण बन्द गर लगायतका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।

“नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारले आधारभुत स्वतन्त्रता र मानव अधिकार कुण्ठित हुनेगरी कतिपय निर्णय गरेको छ”, शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “न्यायिक निर्णयहरुलाई समेत लत्याउँदै आपराधिक चरित्रलाई संरक्षण र प्रोत्साहन गरेको र पछिल्लो चरणमा सरकार हिंसात्मक प्रवृत्तिप्रति नरम र सत्याग्रहीहरुप्रति क्रुर बन्दै गएको अवस्थामा आधारभूत स्वतन्त्रता, मानव अधिकार संरक्षणका लागि शान्ति समाजले प्रक्षेपण गरेको आन्दोलन अन्तर्गत असार २६ मा आयोजित यो पहिलो धर्ना हो ।” समाजले असारसम्मको चरणवद्ध कार्यक्रम सार्वजनिक गरेको छ भने साउनका लागि पछि कार्यक्रमको घोषणा गरिने जनाएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Indra Karki

    बिदेश बाट परिचालित् मानव अधिकाार को अर्थ उचैबाटामाबस्ने
    हामिले चै हिड्न नपाउने

      Comment Author

      Dev Bahadur Magar

      Sahi kuro ?

    Comment Author

    Tanka Giri

    समाते पछि दुचार डन्डा हानेर मात्र छोड्नु पर्यो काङ्ग्रेसका भतुवाहरुलाइ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो थियो विप्लव र प्रकाण्डको ‘काण्ड’ !
यस्तो थियो विप्लव र प्रकाण्डको ‘काण्ड’ !
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
विश्वकप छनोटको उपाधि नेदरल्याण्डको पोल्टामा
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
वैदेशिक रोजगारीबाट फर्किएका लागि पुनः एकीकरण कार्यक्रमको सुरुआत
प्रदेशवासीलाई बीमाको पहुँचमा पु-याउँछौँ :  मुख्यमन्त्री कार्की
प्रदेशवासीलाई बीमाको पहुँचमा पु-याउँछौँ : मुख्यमन्त्री कार्की
संघियता कार्यान्वयन हुन बाँकी छ: सभामुख महरा
संघियता कार्यान्वयन हुन बाँकी छ: सभामुख महरा
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
दुर्लभ चरा राजधनेश र राज लाहाचेको संरक्षणमा नगरपालिका
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
एमाले-माओवादी एकता : ‘जनयुद्ध’मा विदेशीको आपत्ति
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म
झापा–१ का उम्मेदवारको एजेण्डाः अन्तर्राष्ट्रिय व्यापार विस्तारदेखि बन्दमुक्त काँकरभिट्टासम्म

तपाईंले छुटाउनुभयो कि?