इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३३ पटक हेरिएको
Shares
इस्तानबुल विमानस्थलमा आन्दोलनपछि १६० श्रमिक रिहा

सारांश

  • अङ्कारा, टर्की, १असाेज ।
  • इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।
  • आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो ।

अङ्कारा, टर्की, १असाेज । इस्तानबुलको तेस्रो विमानस्थल निर्माणका समय श्रमिकलाई आवश्यक सुरक्षा नमिलाउँदा कामका शिलशिलामा श्रमिकको मृत्यु भएको भनी कामदारले गरेको आन्दोलनका क्रममा पक्राउ गरिएका ६०० जनामध्ये १६० जनालाई आइतबार रिहा गरिएको छ ।आन्दोलनलाई कमजोर पार्न सरकारी सुरक्षाकर्मीले सहभागी सयाँैलाई शुक्रबार पक्राउ गरेको थियो । श्रमिकको पक्राउपछि आक्रोशित कामदारले पक्राउ परेका श्रमिकको रिहाइ र उनीहरूको मागका लागि देखाएको ऐक्यवद्धतापछि सरकार एक कदम पछि हटेको हो ।

सबै क्षेत्रमा गरी करिब ३५ हजार कामदार विमानस्थल निर्माणका लागि लगाइएको र आगामी महिनासम्म विमानस्थलको निर्माण सम्पन्न गर्ने सरकारको योजनालाई श्रमिकको आन्दोलनले प्रभावित तुल्याएपछि सरकारले केही प्रदर्शनकारीलाई सुरक्षा नियन्त्रणमा लिएको थियो ।विमानस्थल निर्माणका क्रममा २७ जनाको ज्यान गएको भएपनि आधाभन्दा बढीको मात्रै कामका शिलशिलामा ज्यान गुमेको टर्कीको यातायात मन्त्रीद्वारा सार्वजनिक तथ्याङ्कमा रहेको छ ।

श्रमिक यूनियनका प्रमुख देभ यापी इजले बताउनुभयो, “श्रमिकहरूको यूनियनको पहलमा भएको आन्दोलनमा सरकार पछि हटेको छ । पक्राउ परेका ६०० मध्ये १६० जनालाई रिहा गरिएको छ । ”“हामीलाई अरु साथिको बारेमा जानकारी आएको छैन । यसबारे नत हाम्रो वकीललाई थाहा छ न हाम्रो पक्षधर सांसदलाई नै ।” उहाँले इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

यसैबीच विमानस्थल निर्माण कम्पनी आइजीएले आफ्नो व्यवस्थापनले श्रमिकसँग वार्ता शुरु गरेको जनाउँदै समस्याको सकेसम्म छिटो समाधान निकाल्ने बताएको छ । उक्त बिषयमा पक्राउ परेका अन्य कामदारलाई पनि प्रक्रिया पु¥याएर छोडिने प्रशासनले प्रतिवद्धता जाहेर गरिसकेको आइजीएले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet Online Betting And Casino In India Gəlinlik, Gəlinlik Modelleri, Gəlinlik Qiymətlər
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
उपप्रधानमन्त्री उपेन्द्र यादव काण्डमा एभिन्यूज टीभीले बुझायो स्पष्टिकरण
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
प्रचण्ड सरकारले खोल्ने भनेको सबै फाइल हामी खोलेर छानबिन गर्छौं : राजकुमार गुप्ता मन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन
गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व: मन्त्री शर्मा
गणतन्त्रको रक्षा र सुदृढीकरण गर्नु सरकारको प्रमुख दायित्व: मन्त्री शर्मा
पाँच राज्यमा पराजित भएपछि बिजेपीले निकाल्यो यस्तो निष्कर्ष
पाँच राज्यमा पराजित भएपछि बिजेपीले निकाल्यो यस्तो निष्कर्ष
ओलीलाई मोदीको फोनको अर्थ
ओलीलाई मोदीको फोनको अर्थ
१५ गोली लाग्दासमेत दुश्मनमाथि जाइलाग्ने योगन्द्रको कहानी
१५ गोली लाग्दासमेत दुश्मनमाथि जाइलाग्ने योगन्द्रको कहानी
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
फेसबुकबाट बनेका अपरिचित साथीले ५५ लाख ८५ हजार रुपैयाँ ठगे
अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
अभिनेता ऋतिक रोशन र टाइगर श्राफ ‘वार’को प्रचार एकसाथ नगर्ने भएका छन्:यस्तो छ कारण !
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी
बाँकेमा बाम गठबन्धनका खरेल प्रदेशसभा १ (क) बाट विजयी

तपाईंले छुटाउनुभयो कि?