काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
काँग्रेसले कायापलट गरेर देखाउँछ – नेता डा शेखर कोइराला

सारांश

  • पाँचथर, ५ असार ।
  • नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अबको स्थानीय तहको निर्वाचनपछि यो मुलुकको समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने बताउनुभएको छ ।
  • फिदिम नगरपालिका वडा नं १२ डेरी बजारमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको र अब संविधान कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ लैजाने जिम्मा पनि काँग्रेसकै काँधमा आएको बताउनुभयो ।

पाँचथर, ५ असार । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले अबको स्थानीय तहको निर्वाचनपछि यो मुलुकको समृद्धि र विकासका क्षेत्रमा कायपलट गरेर देखाउने बताउनुभएको छ ।

फिदिम नगरपालिका वडा नं १२ डेरी बजारमा आज भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसकै नेतृत्वमा शान्ति र संविधान आएको र अब संविधान कार्यान्वयन र मुलुकलाई समृद्धितर्फ लैजाने जिम्मा पनि काँग्रेसकै काँधमा आएको बताउनुभयो ।

अब अरु दलका उम्मेदवारलाई मत दिएर खेर जाने तर मतको सुरक्षा गर्दै काँग्रेसका उम्मेदवारलाई मत दिएर जिताएको खण्डमा उनीहरुले मात्रै विकास र समृद्धि गर्ने बताउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, नेता दीपक प्रकाश बाँस्कोटा, जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, जिल्ला सचिव रुपनारायण जवेगु, फिदिम मेयर पदका उम्मेदवार ओनाहाङ नेम्वाङ, उपमेयर पदकी उम्मेदवार उर्मिला प्रधान श्रेष्ठ, जिल्ला सदस्य हरिराज आङ्देम्बे र मित्रप्रसाद काफ्ले पनि बोल्नुभएको थियो । यस समाचार हामिले रास्ट्रीय समाचार समितिबाट लिएका हौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?