युवती बेच्ने एक शेर्पा पक्राउ
सारांश
- मानव बेचबिखनमा संलग्न रहेका एक फरार व्यक्ति पक्राउ परेका छन् ।
- सिन्धुपाल्चोक बा¥हबिसे गाउँपालिका वडा नंवर १ रिवार घर भई हाल ललितपुर सातदोबाटो १४ डेरा गरी बस्ने ३८ वर्षीय ग्याल्जेन शेर्पा पक्राउ परेका हुन् ।
- मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको भनी पीडित पक्षले गत वर्ष असार १९ गते प्रहरीमा उजुरी दिएको थियो ।
मानव बेचबिखनमा संलग्न रहेका एक फरार व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक बा¥हबिसे गाउँपालिका वडा नंवर १ रिवार घर भई हाल ललितपुर सातदोबाटो १४ डेरा गरी बस्ने ३८ वर्षीय ग्याल्जेन शेर्पा पक्राउ परेका हुन् । मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेको भनी पीडित पक्षले गत वर्ष असार १९ गते प्रहरीमा उजुरी दिएको थियो । शेर्पाले पीडितलाई इराकमा महिलालाई राम्रो अवसर आएको र मासिक १ लाख रुपैयाँभन्दा बढि आम्दानी एवम् सुविधा समेत रहेको भन्दै प्रलोभन देखाई गत वर्षको असार ११ गते कलंकी, भैरहवा हुँदै भारतको राजधानी नयाँ दिल्ली पु¥याएका थिए ।
दिल्लीमा दलालले ३ दिनसम्म राखे पछि श्रीलंकाको कोलम्बोमा भिसा आएको छ भन्दै दलालले कोलम्बो पु¥याई अलपत्र पारेका थिए । पछि आफन्तले करिब १ महिना पछि कोलम्बोबाट उद्दार गरेका थिए । काठमाडौँ आए लगत्तै निज पिडित युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरी अनुसार फरार अवस्थामा रहेका ग्याल्जेन शेर्पालाई ललितपुर चापागाउँ–१४ बाट प्रहरीले बिहिबार पक्राउ गरेको हो । थप अनुसन्धान एवम् कारवाहीका लागि पक्राउ गरिएका शेर्पालाई महानगरीय प्रहरी परिसर काठमाडौँ ल्याइएको छ । मानव बेचबिखन तथा ओसारपसारमा संलग्नलाई कानुन अनुसार बढिमा २० वर्ष कैद र २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।
प्रतिक्रिया