सिके राउतले भने, आजैको दिन फिरङ्गी सरकारले मधेसको अधिकार खोस्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ३, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सिके राउतले भने, आजैको दिन फिरङ्गी सरकारले मधेसको अधिकार खोस्यो

सारांश

  • काठमाडौं, ३ असोज ।
  • आफूलाई मधेस आन्दोलनको मसिहा ठान्ने सिके राउतले आजको दिनलाई “कालो दिवस”को रुपमा मनाउन आव्हान गरेका छन् ।
  • एक भिडियो सन्देशमा उनले “फिरङ्गी सरकार”ले आजैको दिन मधेसको अधिकार खोसेको आरोप लगाएका छन् ।

काठमाडौं, ३ असोज । आफूलाई मधेस आन्दोलनको मसिहा ठान्ने सिके राउतले आजको दिनलाई “कालो दिवस”को रुपमा मनाउन आव्हान गरेका छन् । एक भिडियो सन्देशमा उनले “फिरङ्गी सरकार”ले आजैको दिन मधेसको अधिकार खोसेको आरोप लगाएका छन् ।

“आजैको दिन फिरङ्गी सरकारले संविधान जारी गरी मधेसको अधिकार खोसेको हो”, राउतले भिडियो सन्देशमा भनेका छन्, “संविधान जारी गरेर मधेसमा नेपालको औपनिवेशिक शासनलाई निरन्तरता दिएको हो ।” उनले नेपालको संविधानले मधेसी जनताको स्वतन्त्रता, सहिदको सपना र चाहनालाई ठुकराइएको आरोप लगाएका छन् ।

मेचीदेखि महाकालीसम्म पूरै मधेसमा कालो दिन मनाउन आव्हान गर्दै उनले आज जुनसुकै बाधा र व्यवधानका बीच पनि जनकपुरमा जम्मा भएर कालो दिवस मनाउन आव्हान गरेका छन् । “चले जनकपुर, भरे जनकपुर” भन्ने नारा लगाउँदै
मधेसको माटोका लागि बलिदानी दिएका सहिदहरुप्रति श्रद्धाञ्जली दिन कालो दिवस मनाउने घोषणा पनि गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?