एसिया कप क्रिकेटः भारत र पाकिस्तानकाे खेल हुँदै, पाकिस्तानलाई सुरुवाति झट्का !
सारांश
- काठमाडाैँ ३ असाेज ।
- युएइमा जारी एसिया कप क्रिकेट प्रतियाेगितामा चिर परिचित प्रतिद्वन्द्वि भारत र पाकिस्तानबीच खेल भैरहेकाे छ ।
- दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ् राजेकाे पाकिस्तानले खराब सुरुवात गरेकाे छ ।
काठमाडाैँ ३ असाेज । युएइमा जारी एसिया कप क्रिकेट प्रतियाेगितामा चिर परिचित प्रतिद्वन्द्वि भारत र पाकिस्तानबीच खेल भैरहेकाे छ । दुबइ अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ् राजेकाे पाकिस्तानले खराब सुरुवात गरेकाे छ । पाकिस्तानले ३ रन मै अाफ्ना प्रारम्भिक ब्याट्सम्यान गुमाएकाे थियाे ।
भारतका लागि दुवै विकेट भुवनेश्वर कुमारले लिए । भारत र पाकिस्तान दुवैले यस अघि नै सेमिफाइनलका लागि अाफ्नाे स्थान सुरक्षित गरिसकेका छन् । भने अर्काे समूहबाट अफगानिस्तान र बंगलादेश सेमिफाइनल खेल खेल्नेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया