कोरियाली कम्पनीले काठमाडौँ-तराई द्रुतमार्गको प्रतिवेदन बनाउने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस-वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ ।
  • राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ ।
  • द्रूतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिए ।

काठमाडौं – कम समय र खर्चमा राजधानीबाट तराई आवतजावत गर्न सकियोस् भन्ने उद्देश्यसहित निर्माण सुरु गरिएको काठमाडौँ–तराई द्रुतमार्ग (एक्सप्रेस-वे) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कोरियाको सुसुङ कम्पनी छनोट भएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा पहिलो प्राथमिकतामा रहेको उक्त द्रूतमार्ग निर्माणका लागि चार महिना भित्र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न कम्पनी छनोट भएको नेपाली सेनाले जनाएको छ ।

द्रूतमार्ग आयोजनाका प्रमुख नेपाली सेनाका उपरथि योगेन्द्रबहादुर खाँणले काठमाडौं–तराई द्रूतमार्ग निर्माणका लागि दक्षिण कोरियाको सुसुङ कम्पनी छनोट भएको जानकारी दिए ।

छनोट भएको १५ दिनभित्र सरोकारवाला पक्ष र सम्बन्धित कम्पनीबीच सम्झौता भइसक्नुपर्ने प्रावधान सार्वजनिक खरिद ऐनमा छ ।

सम्झौता भएको चार महिनाभित्र डिपीआर तयार भइसक्ने जानकारी समेत आयोजना प्रमुख खाँणले दिए । कोरियाली कम्पनीले करीब १० करोड १५ लाख रुपियाँको लागतमा डीपीआर तयार गर्नेछ।

आजको गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?