अमेरिकाको मेरिल्याण्डमा गोली चल्दा एक नेपालीसहित ३ को मृत्यु
सारांश
- काठमाडौं ।
- अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ ।
- गोली लागि अर्का एकजना नेपाली घाइते भएका छन्।
काठमाडौं । अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपालीसहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ । गोली लागि अर्का एकजना नेपाली घाइते भएका छन्।
अमेरिकाको बाल्टिमोरदेखि उत्तरपूर्व एबरडिन राइट एड नामक औषधि पसलमा गोली चलेको हो । गोली लागी पर्वत माइती भई कास्की घर भई हाल बाल्टीमोर बस्दै आएकी वृन्दा गिरीको मृत्यु भएको हो। अर्का नेपाली ४५ वर्षे गोविन्द आचार्य घाइते भएका छन्। गोली लागी मृत्यु भएकी ४१ बर्षीया गिरीले त्यस कम्पनीमा काम शुरु गरेको जम्मा तीनसाता मात्रै भएको थियो ।
घाइते आचार्यको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको त्यहाँ रहेका एक नेपाली पत्रकारले जनाएका छन् ।
गत अप्रिलमा नेपाल पुगेकी गिरीका श्रीमान विगत १० बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । मृतक गिरीका छोराछोरी सहित परिवार नै अमेरिका बस्दै आएका थिए । गिरी ५ महिना अघि मात्रै अमेरिका पुगेकी थिइन् ।
औषधि पसलमा संगै काम गर्ने एक महिला स्नोचीया मोज्लीले गोली चलाएको प्रहरीले जनाइएको छ। अरुलाई गोली हानेर हत्यारा गरी आफैलाईसमेत गोली हानेको बताइएको छ।
प्रतिक्रिया