प्रदेश नं ७ : धनगढीमा आन्दोलन सुरु
सारांश
- कैलाली, १० असाेज ।
- सात नम्बर प्रदेशको राजधानीको नामाङ्कनका विषयलाई धनगढीमा आन्दोलन सुरु भएको छ ।
- संसदीय समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएसंगै असन्तुष्टि जनाउँदै धनगढीवासीले प्रदेश सभाको बैठक चलिरहेका बेला प्रदेशको संसद भवन घेराउ गरेका छन् ।
कैलाली, १० असाेज ।सात नम्बर प्रदेशको राजधानीको नामाङ्कनका विषयलाई धनगढीमा आन्दोलन सुरु भएको छ । संसदीय समितिले तयार पारेको प्रतिवेदनमा प्रदेशको राजधानी गोदावरी र प्रदेशको नाम सुदूरपश्चिम राख्न सुझाव दिएसंगै असन्तुष्टि जनाउँदै धनगढीवासीले प्रदेश सभाको बैठक चलिरहेका बेला प्रदेशको संसद भवन घेराउ गरेका छन् ।
उक्त प्रतिवेदन सोमबारको प्रदेशसभा बैठकमा पेश गरिएसंगै प्रदेशका विभिन्न क्षेत्रबाट विरोध सुरु भएको छ । धनगढीवासीले सिमांकन र नामांकनमा हेरफेर नगरिए माग पूरा नभए सशक्त अान्दोलनमा उत्रने चेतावनी दिएका छन् । उनीहरुले धनगढीबाट कुनैपनि हालतमा राजधानी सार्न नमिल्ने र प्रदेशको नामाकरण पनि सच्याउन माग गरेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया