सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार !

सारांश

  • काठमाडौं, १४ असोज ।
  • नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार भएको छ।
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ।

काठमाडौं, १४ असोज । नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न मलेसिया तयार भएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि बन्द भएको रोजगारीसमेत खुला गर्ने सहमति दुई देशका अधिकारीबीच भएको छ।  मन्त्रालयका सहसचिव कृष्ण ज्ञवालीसहितको सरकारी टोली र मलेसियाली अधिकारीहरूबीच शुक्रबार भएको छलफलमा चार महिनादेखि रोकिएको रोजगारी खुलाउन मलेसिया सहमत भएको हो।

यो सहमति कार्यान्वयनमा ल्याउन दुई सातापछि मलेसियाली मानव संशाधनमन्त्री नेपाल आएर श्रम समझदारीपत्रमा हस्ताक्षर गर्ने बताइएको छ। मन्त्रालयका अधिकारीका अनुसार स्वास्थ्य परीक्षण, भिसा प्रोसेसिङलगायत शीर्षकमा कामदारले बुझाउँदै आएको रकम बेहोर्न मलेसिया सरकार राजी भएको छ। आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?