गाउँपालिका, नगरपालिका प्रमुखहरुको गाडी मोह बढ्दो

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
गाउँपालिका, नगरपालिका प्रमुखहरुको गाडी मोह बढ्दो

सारांश

  • सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् ।
  • योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।
  • जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ ।

सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् । योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने प्रकारले अघि बढेका छैनन् ।जनप्रतिनिधिलाई भने आफ्ना सुविधाका लागि सरकारी गाडी मोह भएको पाइएको छ ।

निर्वाचित भएसँगै केही स्थानीय तहले आफ्नै बजेटबाट गाडी खरिद गरेका थिए। २ वर्ष पनि नपुग्दै पुन: नयाँ गाडी खरिदको तयारी सुरु भएको छ।

नगर र गाउँपालिका प्रमुखका लागि गाडी खरिदसँगै उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समेत गाडी किन्ने तयारीमा रहेको जनप्रतिनिधि नै बताउँछन्। त्यसो त सबै नगर र गाउँका प्रत्येक वडाका वडाध्यक्षहरूलाई स्थानीय तहले मोटरसाइकलको व्यवस्था गरेका छन्।

विकास निर्माणका लागि सवारीसाधन अनिवार्य भन्दै खरिदका लागि ५ नगर र ६ गाउँपालिका सबैले रकम विनियोजन गरेको जनाएका छन्। अर्जुनचौपारी गाउँपालिकाले एउटा गाडी, प्रत्येक वडा र नगर कार्यपालिकाका लागि समेत गरी १२ मोटरसाइकल खरिद गरेको छ। ३ नम्बर वडा समितिमा २ मोटरसाइकल छन्।

आजको कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?