प्रदेशको नाम र राजधानीको लागी सांसदहरुको मिश्रित धारणा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेशको नाम र राजधानीको लागी सांसदहरुको मिश्रित धारणा

सारांश

  • इटहरी १७ असोज।
  •  विराटनगरमा जारी प्रदेशको नाम र राजधानीको टुंगो लगाउने भन्दै सोमबार देखि नेकपा संसदीय दलको बैठक बसेको छ,बैठकमा बोल्ने अधिकांश सांसदले राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा मत जाहेर गरेका हुन्  ।
  • राज्यका तीनै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकै ठाउँमा रहनुपर्नेमा करिव एक मत देखिएको छ ।

इटहरी १७ असोज। विराटनगरमा जारी प्रदेशको नाम र राजधानीको टुंगो लगाउने भन्दै सोमबार देखि नेकपा संसदीय दलको बैठक बसेको छ,बैठकमा बोल्ने अधिकांश सांसदले राजधानी बिकेन्द्रीत गर्न नहुने पक्षमा मत जाहेर गरेका हुन्  । राज्यका तीनै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकै ठाउँमा रहनुपर्नेमा करिव एक मत देखिएको छ ।

मंगलबारसम्म बैठकमा ५४ जना सांसदहरुले आफ्नो धारणा राखेका छन् । बैठकको सुरुमै बोलेका संसदीय दलका नेता एवं मुख्यमन्त्री राई र पार्टीका प्रदेश इञ्चार्ज भीम आचार्यले भने त्यसबारे कुनै धारणा नराखी सैद्धान्तिक विषय मात्र उठान गरेका थिए । अहिलेसम्मको बैठकमा बोल्ने ५४ जना सांसदमध्ये ५२ जनाले राजधानी विकेन्द्रीत गर्नु गलत हुने राय दिएको एक सांसदले जानकारी दिए ।

संसदीय दलको बैठकमा मुख्यमन्त्री राई र इञ्चार्ज आचार्यले बैठकका कुनैपनि विषय बाहिर नलैजान र सञ्चारकर्मीलाई प्रतिक्रिया नदिन कडा निर्देशन दिएको कारण सांसदहरुले औपचारिक रुपमा प्रतिक्रिया दिन भने मानेका छैनन् । यद्यपी उनीहरुले नाम उल्लेख नगर्ने सर्तमा दिएको जानकारी अनुसार राजधानी विकेन्द्रीत गर्दा सेवा प्रवाहमा समस्या हुने र दुईतिहाई बहुमत भएपनि ठोस निर्णय गर्न नसकेको आरोप लाग्ने भन्दै त्यसो गर्न नहुने पक्षमा राय दिएका छन् ।

राजधानी रहने स्थानको बारेमा इटहरी, धरान,विराटनगर,धनकुटा, गोठगाउँ, राजधानी राख्ने प्रस्ताव सांसदहरुले राखेका छन,धेरैको प्रस्ताव मोरङको गोठगाउँमा रहेको बताइएको छ । विराटनगर बाहेक राजधानीको प्रस्ताव गर्ने सांसदहरुले सीमा नजिक भएको, सुरक्षा चुनौति रहेको र पायक नपर्ने विषय उठान गरेका थिए ।

प्रदेशको नामबारे पनि सांसदहरुको मिश्रित धारणा आएको छ । सगरमाथा, कोशी, किरात, किरात–सगरमाथा र कोशी–किरात नाम सांसदहरुले प्रस्ताव गरेका छन् । विराटनगर–८ स्थित फन एण्ड फुड पार्कमा बसेको बैठकमा मंगलबार ५२ जना सांसदले आफ्नो धारणा राखेका छन् । प्रदेशसभामा ६७ सांसद रहेको नेकपामा सभामुख र उपसभामुख बैठकमा सहभागी छैनन् भने ५ मन्त्री र संसदीय दलका उपनेता टंक आङ्बुहाङसहित ६ सांसदले आफ्नो धारणा राख्न बाँकी छ  ।सरकारका मन्त्रीहरु र अन्य ६ जना माननीयज्यूहरुले बोल्न बाँकी रहेको छ ।

प्रदेशसभामा दुईतिहाई मत रहेको नेकपामा प्रदेशको राजधानी टुंगो लगाएर नाम पछि टुंगो लगाउनेगरी मुख्यमन्त्री तथा संसदीय दलका नेता राईले बैठक आह्वान गर्नुभएको थियो । तर, सांसदहरुले राजधानी मात्र नभएर नामसमेत एकसाथ टुंगो लगाउनुपर्ने राय दिएपछि अब दुबै विषय एकसाथ टुंगोमा पुयाउने तयारी गरिएको छ ।

प्रदेशसभाको दुईतिहाई बहुमतले प्रदेशको नाम र राजधानी टुंगो लगाउने संवैधानिक व्यवस्था छ । प्रदेशमा नेकपाको दुईतिहाईभन्दा बढि मत रहेपनि के गर्ने भन्नेमा फरक–फरक धारणा रहेको छ । प्रदेशको नाम र राजधानीबारे मुख्यमन्त्री र मन्त्रीहरुको पनि एकमत हुन सकेको छैन । यद्यपी सर्वसम्मत रुपमा त्यसको टुंगो लगाउने दावी नेकपाले गर्दै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
पाँचथरमा जीप दुर्घटना हुँदा १ जनाको मृत्यु
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र शनिबार
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने
जनवरी १ देखि मलेसियामा श्रमिकको तलव बढ्ने
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
प्रधानमन्त्री, उपप्रधानमन्त्री र गृह सुधारबारे गठित समिति, उपसमिति पदाधिकारीबीच भेटघाट 
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
डोनाल्ड ट्रम्पका अर्का प्रतिस्पर्धी राष्ट्रपतिको रेसबाट बाहिरिए, ट्रम्पलाई नै समर्थन गर्ने
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
४३ जना न्यायाधीशका लागि लिएको परीक्षामा ८ जना पास
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी
सुरक्षा व्यवस्था कडा छ : पाँचथर प्रहरी
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप
अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर
अरुलाई प्रधानमन्त्री बनाएर गिनिज बुकमा नाम लेखाउने प्रचण्ड रहर

तपाईंले छुटाउनुभयो कि?