फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
सारांश
- काठमाडौं, असार ७ – मंगलबार राति सातदोबाटो चोकमा युवतीको दुई समूहबिच ग्याङ फाइट भएको छ ।
- ग्याङ फाइटबाट एकजना युवती गम्भीर घाइते भएकी छिन् ।
- घाइते हुनेमा काभ्रेकी १७ वर्षिया कोपिला गिरी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिनुभयो ।
काठमाडौं, असार ७ – मंगलबार राति सातदोबाटो चोकमा युवतीको दुई समूहबिच ग्याङ फाइट भएको छ । ग्याङ फाइटबाट एकजना युवती गम्भीर घाइते भएकी छिन् ।
घाइते हुनेमा काभ्रेकी १७ वर्षिया कोपिला गिरी रहेको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी ईश्वर कार्कीले जानकारी दिनुभयो । मंगलबार राति सलिना राई र कोपिल राईको समूहबिच ग्याङ फाइट भएको हो । ग्याङ फाइटमा छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भइरहेको छ ।
के कति कारणले ग्याङ फाइट भएको भन्ने बारे यकिन भइनसकेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवतीको बयान अनुसार फेसबुकमा अश्लिल शब्द प्रयोग गरेर गाली गरेकाले यस्तो घटना हुन पुगेको बताएका छन् ।
ग्याङ फाइटमा संलग्न भएको भन्दै महानगरीय प्रहरी वृत सातदोबाटोले पाँच जना युवतीलाई पक्राउ गरेको छ । फरार रहेका चार जनाको खोजी भइरहेको प्रहरी वृत सातदोबाटाका डिएसपी रामेश्वर यादवले जानकारी दिनुभयो ।
प्रतिक्रिया