अखिलका आफ्नै नेताहरुलाई दिपेश पुनले दिए यस्तो झापड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अखिलका आफ्नै नेताहरुलाई दिपेश पुनले दिए यस्तो झापड

सारांश

  • काठमाडौं, १८ असोज ।
  • सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेता तथा उपराष्ट्रपतिपूत्र दिपेश पुनले कडा आपत्ति जनाएका छन् ।
  • उनले फेसबुकमा स्टाटस लेख्दै आफ्ना नेताहरुको कार्यलाई “सस्तो लोकप्रियता” र “बजार विज्ञापन”को संज्ञा दिएका छन् ।

काठमाडौं, १८ असोज । सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेता तथा उपराष्ट्रपतिपूत्र दिपेश पुनले कडा आपत्ति जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफ्ना नेताहरुको कार्यलाई “सस्तो लोकप्रियता” र “बजार विज्ञापन”को संज्ञा दिएका छन् ।

तत्कालीन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष समेत रहेका दिपेशले आफ्ना साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्षी भएको आरोप लगाएका छन् । उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्कारुपमा प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् ।

सरकारविरुद्व चोतर्फी घेराबन्दी भइरहेको बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामाको मागपत्र बुझाइएकोमा उनले आपत्ति जनाएका छन् । यसलाई उनले “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेका छन् । “यो दुईचार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केही होइन”, उनले भनेका छन् ।

दुबै विद्यार्थी संगठनका अध्यक्षहरु नविना लामा र रञ्जित तामाङको नेतृत्वमा आजै विद्यार्थी नेताहरुले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिएको थियो ।

https://shikharkhabar.com/2018/10/04/90841/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?