दाजुभाइलाई एक दिन छाउगोठ बसेर देखाउन सांसद निरु पालको चुनौती
सारांश
- काठमडाौं।
- प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
- सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन्।
काठमडाौं। प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
सांसद निरुदेवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका छाउगोठ भत्काउने काम भएको भन्दै गृहमन्त्रालयलाई धन्यवाद दिँदै छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई एकदिन मात्रै छाउगोठमा बसेर देखाउन चुनौती दिइन्।
उनले भनिन्, ‘ डलर खेती गर्नेहरुको टाउको दुखाइ गर्नु स्वभाविक हो। किन भने घरहरु देखाएर आयस्रोत बटुल्ने प्रयास थियो। अरुको टाउको दुखाई हुनु पर्नुको कारण मैले बुझ्न सकेकी छैन। त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाइ हुनुुहन्छ भने कम्तिमा पनि एक दिन मात्रै बसेर देखाइ दिनुहुन अनुरोध गर्दछ । सुुदुरपश्चिमेली कर्णालीकाहरुले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।’
सांसद पालका अनुसार गृहमन्त्रालयले सोमबार सम्म सुदुरपश्चिम र मध्यपश्चिमका १२ जिल्लाका ८ हजार ७ सय छाउगोठ भत्काइएको छ।
केही अघि प्रतिनिधिसभाको बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया