इन्जिनियर, डाक्टरदेखि पूर्वमन्त्रीसम्म कानुन पढ्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
इन्जिनियर, डाक्टरदेखि पूर्वमन्त्रीसम्म कानुन पढ्दै

सारांश

  • काठमाडौं ।
  •  त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ ।
  • अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् ।

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा स्नातक तहमा कानुन शिक्षा अध्ययन गर्नेको संख्या अत्यधिक बढेको छ । अधिकतम ५०० क्षमताको त्रिविको आंगिक क्याम्पस नेपाल ल क्याम्पसमा झण्डै ११ हजार विद्यार्थी एलएलबी अध्ययनका लागि भर्ना भएका छन् ।

अवकाशप्राप्त कर्मचारी, इन्जिनियर, डाक्टर मात्र होइन, स्थानीय तहका जनप्रतिनिधि र पूर्वमन्त्रीसमेत भर्ना भएको छ ।

नेपाल ल क्याम्पसका प्रमुख डिएन पराजुलीका अनुसार एलएलबी प्रथम वर्षमा शुक्रबारसम्ममा १० हजार ८ सय ४५ विद्यार्थी भर्ना भएका छन् ।

यो वर्ष पूर्वश्रममन्त्री सरिता गिरीलगायत केही नेतासमेत भर्ना भएको पराजुलीले बताए । ‘आश्चर्यजनक तरिकाले विद्यार्थी भर्ना हुन आए’, उनले भने।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?