नयाँ वर्ष मनाउने क्रममा पाँचको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २, २०७५
|
|
३९ पटक हेरिएको
Shares
नयाँ वर्ष मनाउने क्रममा पाँचको मृत्यु

सारांश

  • काठमाडौँ, २ वैशाख।
  • नयाँ वर्ष २०७५ सालको पहिलो दिन शनिबार देशका विभिन्न ठाउँमा डुबेर पाँच जनाको मृत्यु भएको छ ।
  • पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिबार बेपत्ता भए ।

काठमाडौँ, २ वैशाख। नयाँ वर्ष २०७५ सालको पहिलो दिन शनिबार देशका विभिन्न ठाउँमा डुबेर पाँच जनाको मृत्यु भएको छ । पाल्पाको रानीमहलमा नयाँ वर्ष मनाउन गएका दुई युवक कालीगण्डकी नदीमा शनिबार बेपत्ता भए । बगनासकाली गाउँपालिका–८ रानीमहल नजिकैको कालीगण्डकी नदीमा बन्दै गरेको पुलनिर पौडी खेल्ने क्रममा ऋदिकोट गाउँपालिका–३ हाथुकका १८ वर्षीय संगम कार्की र सोही स्थानका १८ वर्षे आयुश खनाल बेपत्ता भएका हुन् ।

त्यस्तै कपिलबस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भर्लावासको मुसिवाङ पनि नायँ वर्ष मनाउन गएका एक युवकको डुबेर मृत्यु भयो । बाँधमा पौडी खेल्ने क्रममा डुबेर अर्घाखाँची घर भई हाल कपिलबस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ बोडगाउँ बस्दै आएका १९ वर्षीय राजन भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । बाणगंगा बहुमुखी क्याम्पस वोडगाउँमा कक्षा १२ मा अध्ययनरत उनी नयाँ वर्ष मनाउन साथीहरुसँग बाधमा पौडी खेल्न गएका थिए ।

यता सिन्धुपाल्चोकको ठूलोढुंगास्थित सुनकोशी नदीमा पौडी खेल्दा अर्का एक युवक बेपत्ता भए । नयाँ वर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४ यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

त्यसैगरी मोरङ र चितवनमा पनि पोखरीमा डुबेर १/१ जनाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका–५ स्थित सुनवर्षी मन्दिरको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ सुनवर्षी नगरपालिका–२ बस्ने ५५ वर्षीय मग्ना मिँयाको मृत्यु भएको छ । वैशाख १ गते नयाँ वर्षको अवसरमा मन्दिरमा लागेको मेलामा गाएका मिँयालाई पोखरीमा डुबेर मृतावस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

चितवनको भरतपुर महानगरपालिका–१० स्थित पुजा फनपार्कमा रहेको पौडी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ ।

भरतपुर वडा नम्बर १७ का २० वर्षीय कालु गुरुङको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
हेर्नुहोस राष्ट्रिय प्रजातन्त्र पर्टिको घोषणापत्र ” राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने “(४० बुँदे संकल्पसहित)
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
पूर्वाधार अभावले पर्यटकीय क्षेत्र ओझेलमा
चैत १५ भित्र मन्त्रीहरु फेर्ने तयारीमा देउवा
कण्डोम पखालेर पुनः प्रयोग नगर्न सुझाव
कण्डोम पखालेर पुनः प्रयोग नगर्न सुझाव
रेखा थापाले भनिन्, ‘मेरो बाल विवाह थियो’
रेखा थापाले भनिन्, ‘मेरो बाल विवाह थियो’
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
नक्कली भुटानी शरणार्थीमा बिष्णु रिमालको टिप्पणी: कानुन भन्दा माथी कोही हुदैनन्
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास
श्रीलंकन बलर मेन्डिसले लिए सन्यास
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बुधबारदेखि सुरु
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)
अस्पताल जानु अघि प्रधानमन्त्री ओलीको आयो यस्तो सन्देश (भिडियो सहित)