राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय : भट्ट
सारांश
- दाङ, ५ साउन ।
- राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय भएको बताएका छन् ।
- दाङको लमहीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टले त्यस्तो धारणा राखेका हुन् ।
दाङ, ५ साउन । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले राष्ट्रियता, स्वाधिनता र अखण्डताको रक्षा अहिलेको महत्वपूर्ण विषय भएको बताएका छन् । दाङको लमहीमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टले त्यस्तो धारणा राखेका हुन् ।
“अहिले केपी शर्मा ओली पुनः सत्तारोहण भएपछि उनमा ठूलो स्खलन भएको छ”, केन्द्रीय सदस्य भट्टले भेन, “त्यसैले यो बिषय गम्भीर भएको छ ।” हँसिया हथौडाधारीको सरकार हुनु खुशीको कुरा भए तापनि अहिलेको सरकारले जनताको काम गर्न नसक्ने ठोकुवा गरे ।
यसैगरी पार्टीका पूर्व केन्द्रीय सल्लाहकार सुरेश थापाले राजनीतिक आन्दोलनमा पार्टी कार्यकर्ताको भूमिका र देशका अन्य पार्टीहरुको चरित्रको बारेमा प्रकाश पारेका थिए । जिल्ला अध्यक्ष गणेश आचार्यले जिल्लामा चलेका कार्यक्रमको बारेमा प्रकाश पार्दै कार्यक्रमको बिषय प्रवेश गराएका थिए ।
लमही नगर अध्यक्ष हरि थापाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष महेश रिजाल र सचिब वसन्त पौडेलले प्रशिक्षण मन्तब्य राखेका थिए । नगर कोषाध्यक्ष झबिन्द्र आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर सचिव लेखराज आचार्यले गरेका थिए ।
Ganesh Shakya
धोतीको देखासिखी गरेसी परिनाम यस्तै हो।
लैचा राख्नुस न प्राकृतिक, अनि यस्तो हुदैन ।