राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
राहत शिक्षकहरुले स्थायी गर्न मागसहित गरे राजधानीमा प्रदर्शन

सारांश

  • काठमाडौं, २१ असोज ।
  • राहत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्नुपर्ने माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।
  • राहत शिक्षकहरुले देशभरबाट राजधानीमा जम्मा भई स्वतः स्थायी गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् ।

काठमाडौं, २१ असोज । राहत शिक्षकहरुले आफूहरुलाई स्वतः स्थायी गर्नुपर्ने माग गर्दै राजधानीमा विरोध प्रदर्शन गरेका छन् ।

राहत शिक्षकहरुले देशभरबाट राजधानीमा जम्मा भई स्वतः स्थायी गर्नुपर्ने मागसहित प्रदर्शन गरेका हुन् । काठमाडौंको माइतीघर मण्डलामा जम्मा भएका शिक्षकहरुले नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए । उनीहरुले आफूहरुमाथि सरकारले अन्याय गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले आव्हान गरेको प्रदर्शनमा सहभागी भएका राहत शिक्षकहरुले स्वतः स्थायी नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?