निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २२, २०७५
|
|
२५ पटक हेरिएको
Shares
निर्मला हत्याकाण्ड छानबिन समितिले भन्यो : प्रहरीको लापर्वाही र हेलचक्र्याइँ (प्रतिवेदनको पूर्ण पाठसहित)

सारांश

  • काठमाडौं ।
  • कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको प्रतिवेदन सार्वजनिक भएको छ ।
  • बलात्कारपछिको हत्यामा प्रमाण मेटाउने काम प्रहरीले नै गरेको प्रतिवेदनले स्पष्ट गरेको छ ।

काठमाडौं । कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याकाण्डको प्रतिवेदन सार्वजनिक भएको छ । बलात्कारपछिको हत्यामा प्रमाण मेटाउने काम प्रहरीले नै गरेको प्रतिवेदनले स्पष्ट गरेको छ ।

सरकारद्धारा गठित उच्चस्तरीय छानविन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदनमा प्रमाण संकलणमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्र्याइँ भएका निश्कर्ष निकालेको छ ।

घटनाको छानबिन समितिले तयार पारेको प्रतिवेदनमा कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज बिष्ट र निर्मलाकी साथी भनिएकी रोशन र उनकी दिदी बबिता बमको भूमिका शंकास्पद भएको ठहर छ ।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गठित छानविन समितिले बम दिदीबहिनीले दिएको बयान र तथ्य फरक–फरक देखिएको भन्दै उनीहरुको भूमिकालाई शंकास्पद भएको बताएको छ ।

छानबिन समितिले विष्ट र बम दिदीबहिनीमाथि थप अनुसन्धान गर्नुपर्ने निष्कर्षसहित सुझाव दिएको छ ।  ‘मृतक निर्मलाको हत्या घटनासम्बन्धी प्रमाण संकलनमा खटिएका प्रहरीले लापरबाही र हेलचेक्र्याइँ गरेको देखिएको छ’प्रतिवेदनमा भनिएको छ, 

समितिको प्रारम्भिक प्रतिवेदनका अनुसार ३० भदौमा प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी र अङ्कुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको थियो । त्यसअघि नै तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट निलम्बनमा परेका थिए ।

छानबिन प्रतिवेदनको पूर्ण पाठ यसप्रकार छ:

nirmala case

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?