पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ ७, २०७४
|
|
२० पटक हेरिएको
Shares
पत्रकार कोइरालाले तीन बर्षदेखि लगातार बालिका बलात्कार गरिरहेको पुष्टि

सारांश

  • पत्रकार केदार कोइरालाले १५ बर्षिया बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ ।
  • आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो ।
  • बलात्कार गरेको अरोपमा पत्रकार कोइराला पक्राउ परि सकेका छन् ।

पत्रकार केदार कोइरालाले १५ बर्षिया बालिकालाई तीन बर्षदेखि लगातर बलात्कार गरिरहेको पुष्टि भएको छ । आफ्नै घरमा काम गर्ने बालिकालाई उनले तीन बर्षदेखि लगातार बलात्कार गरिरहेको पुष्टि भएको हो । बलात्कार गरेको अरोपमा पत्रकार कोइराला पक्राउ परि सकेका छन् ।

काठमाडौं महानगरपालिका ३१ ओम शान्ति चोकमा बस्ने ४५ वर्षीय केदार कोइरालालाई १३ जेठमा प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि आफ्नै घरमा काम गरी बस्ने १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ । उनले अन्तिम पटक फागुन ११ गते बिहान साढे ११ बजे कोही नभएका बेला बालिकामाथि बलात्कार गरेका थिए ।

त्यही बलात्कारबाट बालिका गर्भवति भएपछि त्यसको तीन महिनापछि मात्रै घटना बाहिर आएको हो । प्रहरीको अनुसन्धानबाट पुष्टि भएकाले अब कारवाहीको प्रक्रिया अगाडी बढ्ने स्रोतले बताएको छ । १० कक्षामा अध्यनरत छात्राका भाईले स्कूलमा जानकारी गराएपछि घटना बाहिर आएको हो । पीडित बालिकाले आफ्ना नातेदार र सिविन नामक संस्थामार्फत महानगरीय प्रहरी बृत्त बानेश्वरमा जाहेरी दरखास्त दिएपछि कोइरालालाई पक्राउ गरिएको हो ।

बालिकाले बयानका क्रममा उनले सुरुमा जर्बजस्ती गरेको र पछि त्रासमा राखेर लगातार गर्ने गरेको प्रहरीलाई बयान दिएकी छन् । ‘कोइरालाले बलात्कार गरेको सबै अनुसन्धानबाट पुष्टि भएको छ’ एक प्रहरीका अधिकारीले  भने, ‘अब कानुन अनुसार कारवाही प्रक्रिया अगाडी बढ्छ । अदालतको आदेशसँगै उनी जेल जाने निश्चित छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?