यी हुन् यौन काण्डका कारण करियर समाप्त भएका कलाकाहरू

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २३, २०७५
|
|
२१ पटक हेरिएको
Shares
यी हुन् यौन काण्डका कारण करियर समाप्त भएका कलाकाहरू

सारांश

  • एजेन्सी।
  • आफूले गरेको यौन दुव्र्यवहारबाट उन्मुक्ति पाएको सोचेकाहरु अहिले फेरि त्यही मुद्दामा अल्झिएका छन्।
  • फिल्म ‘क्वीन’ का निर्देशक विकास बहलको करियरमाथि नै प्रश्न चिन्ह उठेको छ।

एजेन्सी। आफूले गरेको यौन दुव्र्यवहारबाट उन्मुक्ति पाएको सोचेकाहरु अहिले फेरि त्यही मुद्दामा अल्झिएका छन्। फिल्म ‘क्वीन’ का निर्देशक विकास बहलको करियरमाथि नै प्रश्न चिन्ह उठेको छ। उनीमाथि फैंटम फिल्म्सको एक महिला कामदारमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ। त्यतिमात्रै होइन, कंगना रनोटले पनि उनीमाथि प्रश्न उठाएकी छन्। विकासको व्यवहार सार्वजनिक भएपछि फैंटम फिल्म्सका उनका पार्टनर अनुराग कश्यप र विक्रम मोटवाने विकासबाट अलग हुने भएका छन्।

अभिनेत्री तनुश्री दत्ताले नाना पाटेकर विरुद्ध यौन दुव्र्यवहार गरेको आरोप लगाएपछि एकपछि अर्को गर्दै यौन दुव्र्यवहारका विषय सार्वजनिक हुन थालेका छन्। शाइनी आहूजा माथि २००९ मा घरमा काम गर्न राखिएकी युवतीको बलात्कार गरेको आरोप लागेको थियो। त्यसपछि उनको करियरमा पूर्ण विराम लागेको थियो। शाइनीकी घरका काम गर्ने युवतीका अनुसार उनकी श्रीमती घरमा नभएका बेला शाइनीले उनको बलात्कार गरेका थिए। उक्त आरोपको शाइनीले अस्वीकार गरेपनि डीएनए परीक्षणमा उनले बलात्कार गरेको पुष्टि भएको थियो। तर पछि यी युवतीले आफ्नो आरोप फिर्ता लिएकी थिइन्। पछि शाइनीलाई अदालतले सात वर्षको जेल सजाय सुनाएको थियो।

‘इण्डियाज मोस्ट वान्टेड’ का स्टिङ अपरेशनमा अमन वर्माले पनि एक युवतीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो। तर उनले कास्टिङ काउचको आरोप अस्वीकार गरेका थिए। तर भिडियोमा उनको अश्लिल हर्कत कैद भएको थियो। यो स्क्याण्डलले निकै चर्चा बटुल्यो। २००५ मा बलिउडका रील लाइफ भिलेन शक्ति कपुर रियल लाइफमा पनि भिलेनका रुपमा प्रस्तुत भए। एक स्टिङ अपरेशनका क्रममा शक्ति कपुरलाई एक युवतीलाई फिल्ममा रोल दिने वहानामा यौन दुव्र्यवहार गर्दै गरेको अवस्थामा फेला पारिएको थियो। यो काण्डपनि निकै चर्चित भयो।

आदित्य पंचोलीमाथि पनि घरमा काम गर्ने युवतीलाई बलात्कार गरेको आरोप लाग्यो। त्यतिबेला आदित्य र पूजा बेदी नजिकका साथी थिए। तर, आदित्यको व्यवहारका कारण पूजाले उनीसँगको सम्बन्ध तोडिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
नेपाल र मलेसियाबीच ऐतिहासिक श्रम सम्झौता, तर कामदारा लागि किन खुला भएन ?
कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा
कृषि विश्वविद्यालयका डिन दत्त निलम्बनमा
एकै दिन ९ जना कोरोना संक्रमित भेटिएपछि तेह्रथुममा १ साताका लागी निषेधाज्ञा
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
यातायात व्यवस्था विभागका महानिर्देशकलाई हटाएको हैन, काम गर्न बोलाएको: महासेठ
मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
मुगुमा वामगठबन्धनका गोपाल बहादुर बम विजयी
राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा
राष्ट्र संघमा नेपाल प्रहरीको प्रशंसा
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
मुख्यमन्त्री पोखरेललाई कोरोना संक्रमण
प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
भारतबाट ‘अपहरित’ बालिकाको मुद्दा सर्वोच्च अदालतमा ‘अपहरणकारी’को ठेगाना नखुल्दा म्याद तामेल नै भएन
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,
सरकारको विरोध गरेको भन्दै ओली रुष्ट बनेपछि दोहोरो दबावमा उपेन्द्र यादव,

तपाईंले छुटाउनुभयो कि?