विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०७४
|
|
३८ पटक हेरिएको
Shares
विद्यालय पाठ्यपुस्तकमा सुरक्षित इन्टरनेटसम्बन्धी जानकारी न्यून

सारांश

  • विद्यालय तहमा इन्टरनेट तथा कम्प्युटरको सुरक्षित प्रयोगसम्बन्धी एथेष्ट पाठ्य सामग्री नभएको एक अध्ययनले देखाएको छ ।
  • अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा काम गर्दै आएको संस्था फ्रिडम फोरमले कक्षा ५ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्ययन गर्दा यस्तो देखाएको हो ।
  • नेपालमा मोबाइल, टेलिफोन र इन्टरनेटको पहुँच व्यापक भइसकेको र सामाजिक सञ्जाल खासगरी फेसबुकमा अधिकांश युवा तथा किशोरकिशोरी अभ्यस्त भएको परिप्रेक्ष्यमा उनीहरूमा इन्टरनेटबारे न्यूनतम जानकारी विद्यालय तहदेखिनै हुनुपर्ने आवश्यकता अध्ययनमा देखाइएको छ ।

विद्यालय तहमा इन्टरनेट तथा कम्प्युटरको सुरक्षित प्रयोगसम्बन्धी एथेष्ट पाठ्य सामग्री नभएको एक अध्ययनले देखाएको छ ।

अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा काम गर्दै आएको संस्था फ्रिडम फोरमले कक्षा ५ देखि १२ सम्मको पाठ्यक्रम तथा पाठ्यपुस्तकको अध्ययन गर्दा यस्तो देखाएको हो ।

नेपालमा मोबाइल, टेलिफोन र इन्टरनेटको पहुँच व्यापक भइसकेको र सामाजिक सञ्जाल खासगरी फेसबुकमा अधिकांश युवा तथा किशोरकिशोरी अभ्यस्त भएको परिप्रेक्ष्यमा उनीहरूमा इन्टरनेटबारे न्यूनतम जानकारी विद्यालय तहदेखिनै हुनुपर्ने आवश्यकता अध्ययनमा देखाइएको छ ।

अहिलेको पाठ्यक्रममा कम्प्युटर र इन्टरनेट शिक्षा प्रविधिमुखी मात्र भएको उल्लेख गर्दै प्रतिवेदनले दर्शन, विज्ञान र सचेतनाको पक्षलाई पनि पाठ्यक्रममा थप गरिनुपर्ने सुझाव दिएको छ । “पाठ्यक्रम विकासको सिद्धान्तअनुसार इन्टरनेटको प्रयोग, त्यसको सदुपयोग र दुरुपयोगका बारेमा तथ्यपूर्ण जानकारीसहितको सुझाव दिई खासगरी आधारभूत तहमा अनिवार्य विषयमा र माध्यमिक तहमा इच्छाधीन विषयको रूपमा सूचना र प्रविधिसँग सम्बन्धिन विषयको पाठ्यक्रम र पाठ्यपुस्तकमा आवश्यक ज्ञान समेट्नुपर्ने आवश्यकता देखिन्छ”– प्रतिवेदनमा उल्लेख छ ।

इन्टरनेटबाट पाइने ज्ञान र सूचना तथा जानकारीलाई वर्गीकरण गर्ने गरी पाठ्यक्रम र पाठ्यपुस्तक तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै प्रतिवेदनले कम्प्युटर प्रविधि, सूचना प्रविधि र इन्टरनेटजस्ता अतिउपयोगी उपकरणको सदुपयोगलाई प्रोत्साहन गर्ने सचेतना शिक्षालाई यससम्बन्धी सीप र प्रविधिको ज्ञानसँगै महत्वका साथ पाठ्यपुस्तकमा समावेश गरिनुपर्ने उल्लेख गरेको छ ।

पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नेपालमा साइबार कानूनबारेको जानकारी भए पनि यसको सुरक्षित प्रयोग तथा जोखिम एवं सतर्कता बारेका जानकारी नभएकाले यससम्बन्धी विषयवस्तु पाठ्यक्रममा थप्नुपर्ने उल्लेख छ ।

प्रतिवेदनबारे टिप्पणी गर्दै शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले बद्लिँदो सामाजिक र प्राविधिक संरचनासँगै पाठ्यक्रम परिवर्तन हुन नसकेको स्वीकार गर्दै आगमी दिनमा यसलाई परिमार्जन गर्दै लैजाने बताउनुभयो ।

बढ्दो प्रविधिसँगै विद्यालय तहका विद्यार्थीलाई इन्टरनेट डिभाइ र नयाँनयाँ प्रविधिको कसरी प्रयोग गर्ने भन्ने विषय पनि पाठ्यक्रम र पाठ्यपुस्तमा समेट्न जरुरी रहेको उहाँको भनाइ छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रमुख कृष्णप्रसाद काप्रीले पाठ्यक्रम विकास केन्द्रले गर्नुपर्ने अध्ययन फ्रिडम फोरमले गरेर आगामी दिनमा आफूहरुका लागि सजिलो बनाएको तथा प्रतिवेदनले पाठ्यक्रमलाई थप परिमार्जन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सबै कुरा पाठ्यक्रममा समेटेर मात्र नहुने बताउँदै उहाँले यस विषयलाई अनौपचारिक शिक्षाअन्तर्गत पनि समेट्नुपर्ने बताउनुभयो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले इन्टरनेट भनेको अवसर र चुनौती दुवै भएकाले विद्यार्थीलाई विद्यालयमा मात्र नभई घरमै पनि सुरक्षित इन्टरनेट प्रयोगबारे सचेत गराउनुपर्ने बताउनुभयो ।

मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्यले अहिलेको स्कुले पाठ्यक्रमा इन्टरनेटको प्राविधिक पक्षलाई मात्र जोड दिइएकाले यसलाई सामाजिक सचेतनासँग जोडेर पाठ्यक्रम परिमार्जन गर्नु जरुरी रहेको बताउनुभयो । हाल नेपालका ६२ प्रतिशत जनता इन्टरनेतको पहुँचमा रहेकाले यसको सुरक्षित प्रयोसम्बन्धी ज्ञान स्कुल तहबाटै दिनुपर्ने बताउनुभयो ।

अनुसन्धानकर्ताद्वय फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र अध्यक्ष हरिविनोद अधिकारीले बालबालिकालाई इन्टरनेट प्रयोगबाट टाढा राख्नुको साटो कसरी सुरक्षित इन्टरनेट प्रयोग गर्न सकिन्छ भन्नेबारे प्रशिक्षण दिन आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
असार १४ गते सार्वजनिक बिदा दिन सिफारिस, शैक्षिक क्षेत्र चार दिन बन्द गर्न आग्रह
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात
२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सरकारले सबै समस्याको समाधान गर्छ, साना साना कुरामा संसद अवरुद्ध नगरौँः महेश बस्नेत
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
सहमतिपछि राहत शिक्षकको आन्दोलन फिर्ता
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिडन्त
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
चीनका नाकामा सहज प्रवेश गर्न पाउनुपर्ने व्यवसायीको माग
प्रदेशका राजधानी चाँडै तोकिने ; प्रधानमन्त्री देउवा
प्रदेशका राजधानी चाँडै तोकिने ; प्रधानमन्त्री देउवा
डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष
डा. गोविन्द केसी, मोडलिङ र प्रतिपक्ष
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास
देउवा सरकारबाट संविधान कार्यान्वयन र स्थानीय तह निर्वाचन सम्पन्न हुने सांसदहरुको विश्वास