गुर्ज हिमाल आरोहणमा गएका ८ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
गुर्ज हिमाल आरोहणमा गएका ८ को मृत्यु

सारांश

  • गुर्ज हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ ।
  • काठमाडौँको प्रोजेक्ट वे नामक एजेन्सीमार्फत ५ जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्ज हिमाल आरोहणका लागि गएका थिए ।
  • हिम पहिरो र आँधीमा परेर उनीहरुले ज्यान गुमाएका हुन् ।

गुर्ज हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । काठमाडौँको प्रोजेक्ट वे नामक एजेन्सीमार्फत ५ जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्ज हिमाल आरोहणका लागि गएका थिए । हिम पहिरो र आँधीमा परेर उनीहरुले ज्यान गुमाएका हुन् । घटनास्थल अत्यन्तै विकट भएका कारण खोजी र उद्दार कार्य प्रभावित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका डिएसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन् । मौसम प्रतिकुल भएका कारण हेलिकोप्टर अवतरण गर्न समस्या भए पछि फर्किएको छ ।

गुर्ज हिमाल चढ्नका लागि आरोहण टोली गुर्ज गाउँबाट २१ गते बेसक्याम्प तर्फ हिँडेको थियो । टोलीमा भरिया गुर्ज गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा आउन ढिला गरेपछि स्थानीयहरु खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । त्यहाँ जाँदा टेन्टहरु उडाएको, चिन्न नसकिने शवहरु फेला परेको देखेपछि उनीहरु शुक्रबार साँझ गाउँ फर्किएर प्रहरीमा खबर गरेका थिए । ‘गाउँलेले खबर गरेपछि शनिबार बिहानैबाट खोजी र उद्धार टोली परिचालन भएको छ,’ डिएसपी बुढामगरले भने ।

(https://vallartainfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?