फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को सकुशल उद्दार
सारांश
- लमजुङबाट काठाडौ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ ।
- दुर्घटनामा एक घाइते भएका छन् भने चार जनाको सकुशलै उद्दार गर्न प्रहरी सफल भएको छ ।
- जिल्ला प्रहरी चितवनका अनुसार ना ५ ख ३७०५ नम्बरको यात्रुवाहक बस गए राती त्रिशूली नदिमा खसेको थियो ।
लमजुङबाट काठाडौ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका ३ फिस्लिङमा दुर्घटना भएको छ । दुर्घटनामा एक घाइते भएका छन् भने चार जनाको सकुशलै उद्दार गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी चितवनका अनुसार ना ५ ख ३७०५ नम्बरको यात्रुवाहक बस गए राती त्रिशूली नदिमा खसेको थियो ।
राती १२ बजे बस सडकबाट करिब ७० मिटर खसेर नदीमा पुगे पनि दुर्घटनाबारे समयमै सूचना पाएकाले अप्रिय घटना हुनबाट जोगिएको प्रहरीको भनाई छ ।
दुर्घटनामा हराइरहेका एक जना पनि सम्पर्कमा आइसकेको प्रहरीले जनाएको छ । काठमाडौँ तर्फ गइरहेको बस भएकाले बसमा जम्मा ६ जना मात्र सवार थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया