भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १९, २०७५
|
|
३२ पटक हेरिएको
Shares
भाजपा नेता जोलीद्वारा नेपालमा भएको हेलिकप्टर दुर्घटना जाँच माग

सारांश

  • नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरी पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जाँचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता प्रति भारतीय जनता पार्टीका नेता विजय जोलीले आक्रोश व्यक्त गरेका छन् ।
  • जोलीले दुर्घटनाको तत्काल जाँच गराउनुपर्ने माँग सहित दुइ पृष्ठको ज्ञापनपत्र शनिबार नयाँ दिल्लीस्थित एयरबस कम्पनीको कार्यकारी प्रमुखलाई बुझाएका छन् ।
  • ज्ञापनपत्रमा जोलीले २१ मे १९९७ देखि २७ फेब्रअुरी २०१९ सम्म नेपालमा एयरबसको कुल २२ वटा हेलिकप्टर दुर्घटनाग्रस्त भइसकेको र सयौं नेपालीहरुको निधनभएको प्रति कम्पनीको ध्यानाकर्षणसमेत गराएका छन् ।

नेपालका पर्यटन मन्त्री रविन्द्र अधिकारीसहित सातजनाको निधन हुने गरी पाथीभरा नजिकै भएको हेलिकप्टर दुर्घटनाको स्थलगत जाँचमा हेलिकप्टर निर्माता एयरबस कम्पनीले गरेको वेवास्ता प्रति भारतीय जनता पार्टीका नेता विजय जोलीले आक्रोश व्यक्त गरेका छन् ।

जोलीले दुर्घटनाको तत्काल जाँच गराउनुपर्ने माँग सहित दुइ पृष्ठको ज्ञापनपत्र शनिबार नयाँ दिल्लीस्थित एयरबस कम्पनीको कार्यकारी प्रमुखलाई बुझाएका छन् । ज्ञापनपत्रमा जोलीले २१ मे १९९७ देखि २७ फेब्रअुरी २०१९ सम्म नेपालमा एयरबसको कुल २२ वटा हेलिकप्टर दुर्घटनाग्रस्त भइसकेको र सयौं नेपालीहरुको निधनभएको प्रति कम्पनीको ध्यानाकर्षणसमेत गराएका छन् ।

‘दुर्घटना लगत्तै कम्पनीले तत्काल स्थलगत जाँच गराउनुपथ्र्यो तर एयरबसले यस्तो गरेन । यसले कम्पनीको गैरजिम्मेबारपनालाई दर्शाएको छ । नेपालका विशिष्ट (भिभिआइपि) व्यक्तिहरुको निधनपछि पनि एयरबसले जाँचको पहल गर्दैन भने आमनागरिकको सुरक्षाको सुनिश्चितता कसरी गर्न सक्छ ?’ दिल्ली स्टडी ग्रुपका अध्यक्षसमेत रहेका जोलीले प्रश्न उठाएका छन् ।

एक महिना बितिसक्दा पनि हेलिकप्टर निर्माता कम्पनीको पेरिसस्थित मुख्यालयले स्थलगत जाँचकालागि प्राविधिक टोली पठाएको छैन् भन्दै जोलीले यसलाइ आश्चर्यजनक र गैरजिम्मेबारपूर्ण भनेका छन् । उनले कम्पनीको रवैयालाइ पीडादायी र अमानवीय समेत भनेका छन् । यस्ता जाँचले भविष्यमा हुनसक्ने संभावित दुर्घटनालाइ न्यून गर्न मदत गर्ने ज्ञापन पत्रमा उल्लेख छ ।

गत फागुन १५ गते पाथीभरामा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित अन्य पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालगायत सातजनाले ज्यान गुमाएका थिए । ज्ञापन पत्रमा नेता जोलीले निधन भएकाहरुप्रति शोक व्यक्त गरेका छन् ।

अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक्लै पहाड फोडेर गाउँमा बाटो  पु-याउने  चन्द्रवीर
एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने  चन्द्रवीर
प्रहरीलाई चार हजार घुस दिन खोज्दा‘
प्रहरीलाई चार हजार घुस दिन खोज्दा‘
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
बिष्णु पाैडेलले किनेकाे जग्गा नक्कली परेछ : संचारमन्त्री बास्काेटा
प्रहरी दुरुपयोग गर्दै लोकमान ! यसरि भयो प्रहरीको दुरुपयोग लोकमानबाट…
प्रहरी दुरुपयोग गर्दै लोकमान ! यसरि भयो प्रहरीको दुरुपयोग लोकमानबाट…
बूढानीलकण्ठमा एमालेको अग्रता
बूढानीलकण्ठमा एमालेको अग्रता
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
यति समूहबारे प्रधानमन्त्री ओली बोले : ‘ब्ल्याकमेल गर्न नपाएर गोकर्णको विरोध गरियो’
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
भिडियो कन्फ्रेन्समार्फत बसेको मन्त्रिपरिषद् बैठकप्रति प्रतिपक्षको आपत्ति
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?
अनसन भनेको त नन्दप्रसाद र गंगामायाको जस्तो हुनुपर्ने होईन ?

तपाईंले छुटाउनुभयो कि?