दिलबहादुर घर्ती बचाउन मलेसियाबाट १ लाख सहयोग

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०७५
|
|
३६ पटक हेरिएको
Shares
दिलबहादुर घर्ती बचाउन मलेसियाबाट १ लाख सहयोग

सारांश

  • काठमाडौं, २९ असार ।
  • ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियाबाट १ लाख रकम संकलन भएको छ ।
  • रोल्पा घर भई मलेसियामा रहेका पृथ्वीप्रसाद रानामगरको पहलमा संकलित १ लाख ४ सय ५५ रुपैयाँ “दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५” मूल समितिलाई हस्तान्तरण समेत गरिएको छ ।

काठमाडौं, २९ असार । ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन मलेसियाबाट १ लाख रकम संकलन भएको छ । रोल्पा घर भई मलेसियामा रहेका पृथ्वीप्रसाद रानामगरको पहलमा संकलित १ लाख ४ सय ५५ रुपैयाँ “दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५” मूल समितिलाई हस्तान्तरण समेत गरिएको छ ।

“दिलबहादुरको जीवन रक्षाका लागि हामीले सहयोग अभियान जारी राखेका छौँ । यसैक्रममा मलेसियाबाट थप १ लाख रकम अभियान मूल समितिलाई प्राप्त भएको छ,” अभियान मूल समितिका संयोजक दीपेश पुनले भने, “म आर्थिक सहयोग गर्ने सबै सबै साथीहरुलाई समितिको तर्फबाट धन्यवाद दिन चाहन्छु ।” मलेसियाबाट यसअघि पनि ३ लाख भन्दा बढी रकम मूल समितिलाई हस्तान्तरण भइसकेको छ ।

संयोजक पुनले दिलबहादुरको जीवन रक्षाका लागि ओमनबाट हेमराज चलाउनेको पहलमा १८ हजार ४ सय ४१, कतारबाट कविराम बानियाँको पहलमा १२ हजार ७ सय १५ रुपैया, दुबईमा रहेका कमल महरले ३१ हजार २ सय ५६, जोर्डनमा रहेका गोविन्द पुनले १५ हजार १८, साउदीमा रहेका गणेश रोका र प्रशान्त रोकाले १० हजार ९ सय ९८, दलप्रसाद विकले १६ हजार ८ सय ११ रुपैया मूल समितिमा आइपुगेको जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धनका लागि नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको घोषणा: चोरीपैठारी नियन्त्रण र बजार विस्तारमा सरकारको जोड
यसकारण प्रहरीले समात्याे ‘कट्टु’ !
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
स्पेनिस ला लिगा : इस्पान्योललाई हराउँदै रियल तेस्रो स्थानमा उक्लियो
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने संभावना
आजको मौसमः यी चार प्रदेशमा पानी पर्ने संभावना
नेपाल भ्रमण वर्ष-२०२० असफलतातर्फ, पर्यटनमन्त्री भट्टराई निराश
नेपाल भ्रमण वर्ष-२०२० असफलतातर्फ, पर्यटनमन्त्री भट्टराई निराश
थाहा पाउनुहोस् मंगलबारको राशिफल
थाहा पाउनुहोस् मंगलबारको राशिफल
अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
अटो उद्योग सङ्कटले जर्मनीका युवा इन्जिनियरको रोजगारी प्रभावित
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी  https://shikharkhabar.com/2023/12/22/160158
नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचार भइरहेको डा.वाग्लेको दाबी https://shikharkhabar.com/2023/12/22/160158
प्रेम आलेजस्तै काम गर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन
प्रहरी कै कारण पर्सामा तस्करी मौलाएको जनताको गुनासो !!!
प्रहरी कै कारण पर्सामा तस्करी मौलाएको जनताको गुनासो !!!