राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ७, २०७४
|
|
३७ पटक हेरिएको
Shares
राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा

सारांश

  • खोटाङ, ७ फागुन , पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ ।
  • नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो ।
  • बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्यलगायत विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया एवं बालपुस्तक प्रदर्शनी गरिने समाजका सचिव यशु श्रेष्ठले बताउनुभयो ।

खोटाङ, ७ फागुन , पच्चीसौँ राष्ट्रिय बाल साहित्य सम्मेलन खोटाङमा गरिने भएको छ । नेपाल बाल साहित्य समाज काठमाडौँको आयोजनामा फागुन २४, २५ र २६ गते दिक्तेलमा बाल साहित्य सम्मेलन गर्ने टुङ्गो गरिएको हो ।

बाल साहित्यमा लोक साहित्यको प्रभाव, अभिभावक र बाल साहित्य, बाल साहित्यमा बाल अधिकार र कर्तव्यलगायत विषयमा कार्यपत्र प्रस्तुति, शिक्षक तथा अभिभावकसँग अन्तरक्रिया एवं बालपुस्तक प्रदर्शनी गरिने समाजका सचिव यशु श्रेष्ठले बताउनुभयो ।

“सम्मेलनमा बालबालिकाको सिर्जनशीलता तथा सीप विकास, बाल साहित्यबारे शिक्षक, अभिभावक तथा विद्यार्थीमा अभिरुचि र चेतना अभिवृद्धि, शिक्षण सीप र विधिबारे जानकारी दिइन्छ ।”

सम्मेलनको अवधिमा बाल साहित्य, बाल साहित्य प्रकाशनमा नवीनतम् प्रयोग र बजार, चित्रपुस्तक तथा चित्रकारिता, खोटाङ जिल्लाको बाल साहित्यको अवस्थालगायतका विषयमा शिक्षक तथा अभिभावकसँग छलफल गरिने जनाइएको छ । यस्तै छात्रछात्रा सहभागी गराएर कथा लेखन, चित्रकला लेखन, कविता लेखन, कक्षागत नाटक मञ्चन सिकाइ, कथा, कविता वाचन सिकाइ एवं अन्तत्र्रिmया गरिने आयोजकले जनाएको छ ।

सम्मेलनमा बाल साहित्यसँग सम्बद्ध लेखक, चित्रकार, सम्पादक, शिक्षक, अनुवादक, गायक, संगीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशकलगायतको सहभागिता रहनेछ । विसं २०४४ देखि देशका फरकफरक जिल्लामा सम्मेलन गर्दै आएको समाजले यसपल्ट दिक्तेललाई छानेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने
विद्यालयमा अब ३० दिनमात्रै वार्षिक बिदा हुने
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
कस्तो अचम्म, माघमा पनि सयौँ बिगाहा खेतमा रोपाईं !
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
२७ वर्षपछि विश्व कपमा श्रीलंकाद्वारा वेष्टइण्डिज पराजित, आविष्का बने हिरो
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओली र देउवाबीच केन्द्र देखि प्रदेशसम्म भित्र भित्रै समिकरण
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
यस्तो बेला बढी सेक्स चाहान्छन् महिलाहरु
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी
मदन भण्डारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा थ्रीस्टार विजयी