अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ५, २०७५
|
|
२७ पटक हेरिएको
Shares
अभिनेता रणवीर सिंहमाथि पनि भएको थियो यौन दुव्र्यवहार

सारांश

  • दीपिका पादुकोण र रणवीर सिंहको विवाहको मिति नजिकिएसँगै उनीहरुलाई बधाइ दिने क्रम सुरु भएको छ।
  • दीपिका र रणवीरबीच १४–१५ नोभेम्बरमा विवाह हुँदैछ।
  • रणवीर सिंह बच्चैदेखि कलाकार बन्न चाहन्थे।

दीपिका पादुकोण र रणवीर सिंहको विवाहको मिति नजिकिएसँगै उनीहरुलाई बधाइ दिने क्रम सुरु भएको छ। दीपिका र रणवीरबीच १४–१५ नोभेम्बरमा विवाह हुँदैछ।

रणवीर सिंह बच्चैदेखि कलाकार बन्न चाहन्थे। रणवीर निकै खुला विचारका छन्। रणवीरले २०१५ एक अन्तर्वाताका क्रममा उनले आफू अभिनेता भएपनि कास्टिङ काउचबाट गुज्रिनु परेको बताएका थिए। उक्त घटना आफ्नो करियरको सुरुमा घटेको बताएका थिए। ‘एक व्यक्तिले मलाइ राति करिव ८ बजे अंधेरीस्थित आफ्नो घरमा बोलाए। म आफ्नो पोर्टफोलियो लिएर त्यँहा पुगे। पछि मलाइ थाहा भयो उ त मबाट अरु नै कुरा चाहने रहेछ। मैले अस्वीकार गर्ने वित्तिकै उन आत्तियो।’

रणवीरले उक्त अन्तर्वातामा भनेका थिए–ती व्यक्तिले मसँग भने–तिमी स्मार्ट बन, तिमी सेक्सी बन। यस्ता मानिस धेरै अगाडि बढ्न सक्छन्। म त्यो व्यक्तिको कुरा सुनेर अचम्ममा परेँ। त्यो मानिसले मसँग अभद्र व्यवहार पनि गर्न खोज्यो।’

रणवीरलाई एक्स म्यागेजीन संकलन गर्ने पनि शोख छ। उनी छुट्टी मनाउन जुन देश गएपनि एक्स म्यागेजीन संकलन गर्न भुल्दैनन्। उनीसँग हजारौं एक्स म्यागेजीन छन्। अझ रमाइलो त के भने उनी आफ्नो पर्समा कण्डोम राख्न पनि भुल्दैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?