एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक ६, २०७५
|
|
२७ पटक हेरिएको
Shares
एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन भएन: महासचिव मैनाली

सारांश

  • काठमाडाै, ६ कात्तिक ।
  •   नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् ।
  • उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् ।

काठमाडाै, ६ कात्तिक ।   नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सिपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सशक्त बहुमत भएपनि जनताले अपेक्षा गरेबमोजिम काम गर्न नसकेको र असफल भएको आरोप लगाएका छन् । उनले भने,‘ओली सरकारसँग सशक्त बहुमत छ, तर जनताको अपेक्षाअनुसार सरकारले काम गर्न सकेन् । सरकारको काम सन्तोषजनक छैन् । सरकारको सुरुवाती लक्ष्य शुभ देखिएको छैन् । सरकार अहिले धेरै पछि पर्यो ।’

महासचिव मैनालीले तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच राजनीतिक ढंगको गठबन्धन नबनेको पनि आरोप लगाए । उनले भने,‘संविधान संशोधनको विषय अहिलेपनि छ, तर यो विषयमा पहिले यी दुई पार्टीले एकले अर्कोलाई राष्ट्रघाती भनेर आरोप लगाए । यो विषयमा गठबन्धन गर्दा उनीहरुले बोलेको देखिएन् । संविधान संशोधनको आवश्यकत्ता र औचित्यबारे यी दुई टाउकेहरुले कसरी व्याख्या गर्ने हुन ? त्यो हेर्न बाँकी छ ।’

मैनालीले सरकारले आफ्ना प्रतिबद्धताहरु पूरा गर्न नसकेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘जनताका आकांक्षा त सरकारले पूरा गर्न सकेन् । तर, ३३ केजी सुन प्रकरण, ठेकेदारहरुलाई कारबाही गर्ने कुरा, एनजिओ तथा आईएनजिओको सम्पत्ति विवरण सार्वजनिक गर्ने कुरा सरकारले सुरु गर्यो, तर बीचमै छाडिदियो । चाडबाडमा महँगी अस्वभाविक रुपमा वृद्धि भएको छ । हत्या, हिंसा, बलात्कारका घट्नाहरु बढेका बढै छन् । यसमा सरकार चुकेको छ ।’ त्यस्तै उनले सरकारले जनतालाई अनावश्यक कर र दस्तुरको भार बोकाएकोपनि आरोप लगाए ।

निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा अपराधी पत्ता लगाउन सरकार चुकेको उनको आरोप छ । उनले भने,‘आज यतिका लामो समय भैसक्यो, तर अपराधी पत्ता लगाउन सरकारले सकेको छैन् । अनुशन्धान गर्नुपर्ने पात्रहरुको बारेमा अनुशन्धान भएको छैन् । जुन घरबाट निर्मला हराईन, त्यो घरबाट केन्द्रित रहेर अनुशन्धान गर्नुपर्छ । प्रधानमन्त्रीले बम दिदिबहीनीको डिफेण्ड गर्नुभयो । उहाँले यसरी डिफेण्ड गर्नु गलत हो । यो अत्यन्तै चिन्ताजनक कुरा हो ।’
सरकारले जनताको अपेक्षाअनुसार काम नगरेको बताउँदै सरकारप्रति जनता अहिले सन्तुष्ट पनि नरहेको उनले जिकिर गरे । उनले भने,‘सरकारले गलत दिशा लिएको छ । सुरुवात विल्कुलै राम्रो देखिएन् ।’

फरक प्रसँगमा उनले दशैंमा सत्ताधारीहरुबाट आर्शिवाद लिनु राम्रो नभएको बताउँदै प्रधानमन्त्री र राष्ट्रपति दुवै वृद्धवृद्धाको हातबाट टिका ग्रहण गरेको भए राम्रो हुने थियो भन्ने प्रतिक्रिया दिए । उनले भने,‘घुँडा टेकेर टिका ग्रहण गर्नु भनेको सामन्ती प्रवृत्ति हो । शुभ लक्षण होईन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
विप्लवबारे प्रधानमन्त्री देउवा भन्छन्– कि वार्ता हुुनुपर्‍यो, कि मुकाविला !
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
युरोपियन च्याम्पियन्स लिगः यस्तो छ नक आउट चरणको खेल तालिका
मिस एन्जल्स पोखरामा १५ युवती छानिए
मिस एन्जल्स पोखरामा १५ युवती छानिए
योगी आदित्यनाथलाई ‘मार्ने धम्की’ आयोः दिल्ली प्रहरी
योगी आदित्यनाथलाई ‘मार्ने धम्की’ आयोः दिल्ली प्रहरी
कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी
कञ्जोस्यममा माओवादी केन्द्रका सन्तलाल तामाङ विजयी
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
अयोग्य लडाकुलाई रकम वितरण गर्ने निर्णय खारेज गर्न माग
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
जनप्रतिनिधि र स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि अनिश्चितकालका लागि सेवा बन्द
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
९४ स्थानको मतपरिणाम सार्वजनिक, कुन दलले कति स्थान जिते ? (सूचिसहित)
Ranbir Kapoor visits Alia Bhatt’s house to meet her family, see pics
Ranbir Kapoor visits Alia Bhatt’s house to meet her family, see pics
पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान
पूर्वराजदूत झा हत्या प्रकरणः कान्छाराम तामाङ पुर्पक्षका लागि जेल चलान

तपाईंले छुटाउनुभयो कि?