गणेशलाई गोली हानेर मारिएको पुष्टि
सारांश
- काठमाडौं ।
- पश्चिम नवलपरासीमा गत सोमबार मृत भेटिएका गणेश मल्लाह ‘सहानी’को गोली हानेर हत्या भएको पुष्टि भएको छ ।
- नवलपरासीको बर्दघाट पुल नजिक बगैँचामा पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ वर्षीय मल्लाहको हत्या भएको थियो ।
काठमाडौं । पश्चिम नवलपरासीमा गत सोमबार मृत भेटिएका गणेश मल्लाह ‘सहानी’को गोली हानेर हत्या भएको पुष्टि भएको छ । नवलपरासीको बर्दघाट पुल नजिक बगैँचामा पाल्हीनन्दन गाउँपालिका–१ सुनरीका ३६ वर्षीय मल्लाहको हत्या भएको थियो ।
मल्लाहको मृत्यु सामान्य धारिलो हतियारबाट भएको भनिएपनि टाउकोमा गोली लागी हत्या भएको शव परीक्षण प्रतिवेदनमा देखाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सटगनको प्रयोग गरी मल्लाहको टाउकोमा एक राउण्ड गोली प्रहार गरिएको र त्यसैबाट उनको मुत्यु भएको खुल्न आएको छ । हत्यामा संलग्न भएको आरोपमा सोही स्थानका नर्मदेश्वर चौहान, ओमकार पाण्डे, जनक गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको बताएको छ ।
टाउकोमा घरेलु हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएकोमा त्यसको विपरित गोली लागेर मल्लाहको मृत्यु भएको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया