बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १२, २०७५
|
|
१८ पटक हेरिएको
Shares
बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु

सारांश

  • कपिलवस्तु, १२ कात्तिक ।
  •   कपिलवस्तुमा बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते बनेका छन्।
  •  सोमबार दिउँसो दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेको जंगलमा एक आपसमा ठोकिएका हुन्।

कपिलवस्तु, १२ कात्तिक ।  कपिलवस्तुमा बस र टिपर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते बनेका छन्। सोमबार दिउँसो दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेको जंगलमा एक आपसमा ठोकिएका हुन्।

दुर्घटनामा दाङ गढवाकी २५ वर्षीया पूजा सुनार चार, वर्षीय बालक सुशान्त सुनार र अर्का एक पुरुष रहेका छन्। अन्दाजी ४० वर्षका ती पुरुषको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।दुर्घटनामा ३० भन्दा बढी घाइते बनेको प्रहरीले जनाएको छ। घाइतेहरुको बुटवल चौराहा अस्पतालमा उपचार भइरहेको छ।

(https://www.fargomonthly.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?