विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक १३, २०७५
|
|
३७ पटक हेरिएको
Shares
विकास काेषकाे काेटामा पत्नीलाइ चिन उडाउने यी ‘पावरफुल’ सदस्यसचिव

सारांश

  • काठमाडौं, १३ कात्तिक ।
  • सरकारले अबैधानिक रुपमा लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतबाट हटाइएका विष्णुप्रसाद ढकाल कोषको कोटामा पत्नीलाई लिएर चाइना उडेका छन् ।
  • अदालतबाट काम नगर्नु÷नगराउनु भनेर सरकार र कोषका नाममा अन्तरिम आदेश दिइसकेको छ ।

काठमाडौं, १३ कात्तिक । सरकारले अबैधानिक रुपमा लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा नियुक्ति गरेको भन्दै सर्वोच्च अदालतबाट हटाइएका विष्णुप्रसाद ढकाल कोषको कोटामा पत्नीलाई लिएर चाइना उडेका छन् । अदालतबाट काम नगर्नु÷नगराउनु भनेर सरकार र कोषका नाममा अन्तरिम आदेश दिइसकेको छ । पत्नीलाई लगेर चाइना उडेको घटनाले ढकालले राजनीतिक पहुँच लगाएर कोषभित्र अहिले पनि हालिमुहाली गर्छन् भन्ने खुलासा भएको छ ।

नेपाली कांग्रेस निकटका ढकालले आर्थिक चलखेल गरेर कोषको सदस्य सचिव कुम्ल्याएपछि प्रधानमन्त्री केपी ओलीसम्म उजुरी पुगेको थियो । प्रधानमन्त्री ओली पनि ढकालसँग सन्तुष्ट छैनन् । पाल्पा जिल्लाका पूर्वसिडिओ समेत रहेका ढकालले आफा्नी पत्नीलाई साथमा लिएर सोमबार मध्यराति एघार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चाइना उडेको स्रोतले जनाएको छ । उनी केही दिन उतै रमाउनेछन् ।

चीनले लुम्बिनी विकास कोषलाई त्यहाँका कर्मचारी, सरोकारवाला व्यक्ति लगायतलाई घुमाउनका लागि निम्तो पठाएको थियो । निम्तोलाई कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको दवावमा दुरुपयोग भएको खुलासा भएको छ । निम्तो स्वीकार गरेको कोषसँग सम्बन्धै नरहेका ढकाल र उनकी पत्नीलाई किन टोलीमा राखेर लग्यो भनेर लुम्बिनीतिर बबण्डर भएको छ ।

स्रोतका अनुसार ढकाललाई कोषका उपाध्यक्ष त्रिपाठीले काखिच्यापेर अहिले पनि राखेका छन् । नेपाली कांग्रेस निकटका उपाध्यक्ष त्रिपाठी ढकालसँग आफू पनि चाइना उडेका छन् । त्रिपाठीको टोली कोषका लेखा अधिकृत भीमबहादुर बस्नेत पनि छन् । कोषका कायम मुकायम सदस्य सचिव सरोज भट्टराईले चीनले पठाएको निम्तोअनुसार उपाध्यक्ष र लेखा अधिकृत सोमबार राति चाइना प्रस्थान गरेको बताए । उनले अरु व्यक्तिहरूका बारेमा केही बोल्न चाहेनन् । भट्टराईले भने, ‘अरु कुरा मलाई थाहा छैन । उपाध्यक्ष र लेखा अधिकृत कोषबाट आर्थिक बोझ नहुने गरेर चीन जानु भएको छ । चीनले नै निम्तो पठाएको थियो ।’

चीन जाने सूचीमा कायम मुकायम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीका स्वकीय सचिव (पिए) राजेन्द्र आचार्य पनि थिए । तर, आचार्य बेलायत घुम्न जाने भएपछि चाइना जाने कार्यक्रम रद्द गरेका छन् । कायम मुकायम सदस्य सचिव भट्टराई पनि चाइना गएका छैनन् । उनी पनि जाने बताइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
कोरियाली भाषा परिक्षाको आवेदन आगामी फागुनमा
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
गीतकार भावेशले किन भावुक हुँदै भने, “तिमी छैनौ र मलाई…” (भिडियोसहित)
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
सुजुकी ड्राइभिङ सेन्टरमा पेट्रोल राखेको ठाउँमा आगलागी, चुरोट खाएर फाल्दा आगो लागेको आशंका
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
१ सय ६५ वर्षे मुलुकी ऐन आजदेखि नयाँ रुपमा लागू हुने
पुर्व उर्जा मन्त्रीकाे नारा पछाडि याे वाक्य थपे अहिलेका उर्जा मन्त्रीले !
कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
कुलमानको विषयमा अमनलाल मोदीको कुरै नसुनी खेदो खनिएको महेश बस्नेतको दावी
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
Husband is divorced after three hours and has his head shaved as punishment after bride declares him ‘greedy’ (and she marries another man the same day!)
माछा पालनमा नयाँ प्रविधि
माछा पालनमा नयाँ प्रविधि

तपाईंले छुटाउनुभयो कि?